काठमाडौं-अब ई-सेवाबाट १ हजार रुपैयाँसम्म बैंक ट्रान्सफर गर्दा निःशुल्क गर्न सकिने भएको छ। भुक्तानी सेवा प्रदायक कम्पनीले प्रयोगकर्ताको सहजताका लागि यस्तो योजना ल्याएको जनाएको छ ।
यो सेवा ग्राहकले एक दिनमा १० अर्थात् १ महिनामा ५० पटकसम्म उपयोग गर्न पाउने ई-सेवाले जनाएको छ ।
१ हजारभन्दा बढी रुपैयाँ बैंक ट्रान्सफर तथा विथड्र गर्नुपर्यो भने शुल्क लाग्नेछ । १० हजार रुपैयाँ ट्रान्सफरका लागि २० रुपैयाँ, २० हजार ट्रान्सफरका लागि ३० तथा ३० हजार ट्रान्सफरका लागि ४० रुपैयाँ लाग्नेछ । यसैगरी ५० हजार रुपैयाँ ट्रान्सफरका लागि ६० रुपैयाँ र एक लाख रुपैयाँसम्म ट्रान्सफरका लागि ७५ रुपैयाँ लाग्ने कम्पनीले उल्लेख गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।