काठमाडौं-साामसङले चाडबाडको मौसममा आफ्ना उपभोक्ताको चाहना एवं आवश्यकतालाई मध्यनजर गर्दै नयाँ अफर सार्वजनिक गरेको छ। वर्तमान कठिन अवस्थामा नेपाली सामसङ मोबाइल पारखीहरुलाई 'बडा दसैं, बिग धमाका' योजना सार्वजनिक गरेको हो ।
सामसङको कुनै पनि स्मार्टफोन तथा ट्याब खरिद गरी यस धमाकामा सामेल हुने ग्राहकहहरुलाई साप्ताहिक एवं बम्पर लक्की ड्रको व्यवस्था गरिएको छ। यस अफरअन्तर्गत १ जना विजेतालाई बम्पर बिग धमाका लक्की ड्रमार्फत् रिनल्ट डस्टर, साप्ताहिक बिग धमाका लक्की ड्रमार्फत् ५ जना विजेताहरुलाई होण्डा हर्नेट १६० आर तथा १० जना विजेतालाई ग्यालेक्सी नोट २० प्रदान गरिने कम्पनीले जनाएको छ ।
कोभिडका कारणले गत वर्षहरुको भन्दा यो वर्षको चाड केही फरक छ। यस परिस्थितिलाई मध्यजनर गर्दै सामसङले उत्सवको मनस्थिति एवं उत्साहलाई अभिवृद्धि गर्न मोबाइल बजारमा यो धमाका अफर सार्वजनिक गरेको जनाएकाे छ। साप्ताहिक लक्की ड्र तथा बम्पर लक्की ड्रको घोषणा सामसङको आधिकारिक फेसबुक पेजमार्फत् गरिने छ। बम्पर उपहारस्वरुप राखिएका पुरस्कारहरु कार, मोटरसाइकल तथा स्मार्टफोनहरुको सट्टामा नगद उपहार प्रदान गरिने छैन।
यो अफर यही असाेज १६ गतेदेखि मंसिर २ गते सम्म लागू हुने छ। लक्की ड्र विजेताहरु असोज २२ गते, २९ गते, कात्तिक ६ गते, २० गते र २७ गते घोषणा गरिनेछ । बम्पर लक्की ड्र विजेता मंसिर ४ गते घोषणा गरिने उल्लेख गरिएको छ ।
यो योजना नेपालभर रहेका सामसङ मोबाइलका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. तथा आइएमएस प्रा.लि अन्तगर्तका सामसङ ब्राण्ड सप तथा रिटेलहरुमार्फत् गरिएको खरिदमा लागू हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।