• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

किन आउँछ गिजाबाट रगत? कारण र उपचार

डा समीक्षा रानाभाट आइतबार, असोज १८, २०७७  ११:५४
1140x725

के तपाईंलाई ब्रस गर्दा वा खाना खाँदा गिजाबाट रगत आउने समस्या छ? यदि छ भने ढिलो नगरी डाक्टरको सल्लाह लिनुहोस् । किनभने यस्तो समस्या शरीरमा कुनै ठूलै रोगको संकेत हुन सक्छ ।

आजभोलि टुथपेस्टको विज्ञापन टेलिभिजन तथा अन्य सञ्चारमाध्यममा धेरै देखिने गर्छ। जसले गिजाबाट रगत आउने समस्या सजिलै समाधान हुने बताइको हुन्छ। तर, कसैको गिजाबाट रगत आउने समस्या छ भने यस्ता विज्ञापनको भर नपरी डाक्टरको सल्लाह लिनु नै उचित हुन्छ।

के कारणले आउँछ गिजाबाट रगत?
जिन्जवाइटिस
नियमित ब्रस गरिएन वा गिजाको सफाइमा ध्यान दिइएन भने गिजामा भएका ब्याक्टेरियाका कारण गिजा सुन्निने, चिलाउने र दुख्ने जस्ता समस्या देखिन्छ। जसले गर्दा सुरुमा गिजाबाट रगत आउने र समयमा उपचार भएन भने ठूलो संक्रमणमा परिवर्तन हुनसक्छ। जसले गर्दा पेरियोडोन्टाइटस नामको रोगको मुख्य कारण बन्न सक्छ। त्यो रोगले गिजा यति कमजोर हुन्छ कि, दाँत हल्लिने र झर्ने समस्या समेत आउँछ।

औषधिको साइड इफेक्ट
कुनै बेला कुनै कडा औषधिको साइड इफेक्टको कारणले गिजाबाट रगत आउने गर्छ। जस्तैः एस्पिरिन नामको औषधिको साइड इफेक्टले गर्दा यस्तो समस्या हुन्छ।

गर्भावस्था या महिनावारीको हार्मोनल बदलिँदा
गर्भवती र महिनावारी भएका महिलामा गिजाबाट रगत आउने समस्या धेरै देखिन्छ। यसमा हार्मोनल बदलीको समयमा गिजामा सही तरिकाले रगत नपुग्दा गिजा कमजोर हुने र रगत आउने गर्छ।

भिटामिन ‘सी’ को कमी
जब कोही व्यक्तिको आहारमा पर्याप्त फलफूल र तरकारी हुँदैन त्यसको कारणले भिटामिन सीको कमी हुन्छ। भिटामिन सीको कमीले गिजा सुन्निने र रगत आउने समस्या आउने गर्छ।

भिटामिन ‘के’ को कमी
भिटामिन ‘के’ शरीरको क्लोटिङ प्रक्रियाको लागि एकदम महत्वपूर्ण तत्व हो। त्यसैले यसको कमीले शरीरको कुनै ठाउँबाट रगत आउने प्रवृत्ति बढ्छ, जसमा गिजा पनि समावेश हुन्छ।

टेढो दाँत
टेढो दाँत हुनेको दाँत सफा गर्न एकदम गाह्रो हुन्छ। किनभने दुई वटा दाँतको बीचमा खानेकुरा अड्किने र त्यसलाई सफा गर्न मुस्किल हुँदा सजिलै गिजाबाट रगत आउने गर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

गिजाबाट रगत आउन कसरी रोक्ने?
डेन्टिस्टलाई देखाउने 

मुखको रेखदेखमा ध्यान पुर्‍याउँदा, औषधिको ठिक प्रयोग गर्दा र स्वस्थ आहार खाँदा पनि गिजाबाट रगत आउन बन्द नभएमा डेन्टिस्टलाई देखाउन जरुरी हुन्छ। डेन्टिस्टले दाँत र गिजाको जाँच गर्नुका साथै त्यसको रोकथाम र उपचार गर्ने हुँदा जँचाउन ढिला गर्नु हुँदैन।

टुथ ब्रसको जाँच गरौं
ब्रस गर्दा गिजाबाट रगत आउने समस्या छ भने, नरम टुथ ब्रसको प्रयोग गर्नुपर्छ।

औषधिको बारेमा डाक्टरसँग सोध्ने 
कुनै औषधि यस्तो हुन्छ जसले गिजाबाट रगत आउने सम्भावना बढाइदिन्छ। जस्तै ‘एस्पिरिन’ जस्तो औषधिले रगत पातलो बनाउने हँुदा  डाक्टरले औषधि परिवर्तन गरिदिन्छन्। 

पोषणयुक्त खानेकुरा खाने 
पोषणयुक्त खाना खाने। जसमा पर्याप्त मात्रामा भिटामिन सी र क्याल्सियम समावेश होस्। यसले गिजामा हुने समस्यालाई कम गर्छ। 

Xtrem

Xtrem

अन्य 
पर्याप्त मात्रामा पानी पिउने, धूमपान नगर्ने, मानसिक तनाव नलिने, अत्यन्तै चिसो र तातो खानेकुरा नखाने जस्ता कुरामा ध्यान दिनु अत्यन्त जरुरी छ। 

यी उपाय अबलम्वन गर्दा पनि गिजाबाट रगत आइरहेमा वा दाँतमा अरु समस्या आएमा तुरुन्त दन्त विशेषज्ञलाई देखाउनु पर्छ। 

प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  ११:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्