काठमाडौं–इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले आफ्ना ग्राहकहरुका लागि ‘भायानेट बडा दसैंमा बडा टिभी’ अफर ल्याएको छ।
कम्पनीका अनुसार दसैं र तिहारको उपलक्ष्यमा ल्याइएको यो योजनाअन्तर्गत ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भौच प्रदान गरिनेछ।
यस योजनाअन्तर्गत भायानेटका ग्राहकहरुले ४३ इन्च स्काइवर्थ एलईडी टिभीका साथ ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा ४१ ह्जार ९ सय ९० रुपैयाँमा प्राप्त गर्नेछन्। यस्तै, ३२ इन्चको स्काईवर्थ एलईडी टिभीका साथ ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा २८ हजार ९ सय ९० रुपैयाँमा प्राप्त गर्ने छन् ।
यो चाडपर्वलाई अझै रमाइलो बनाउन भायानेटले ईसेवाको रु ६५० सम्मको क्यास भौचर प्रदान गर्दैछ भने पुराना ग्राहकहरुले थप रु ६०० सम्मको छुट पनि प्राप्त गर्नेछन्। ग्राहकहरुलाई यस अफरबाट टेलिभिजन सेटमा बजारमूल्यको दाँजोमा ३५ प्रतिशतभन्दा बढीको छुट पाउने दावी भायानेटले गरेको छ ।
भायाटिभीको सेवाका साथ अब युट्युब उपलब्ध हुने भएकाले अफरमा प्रदान गर्ने एलईडी टिभीमा स्मार्ट टिभी फिचरको मजा लिन सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।