एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन्। उनलाई वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा भर्ना गरिएको हो। उनीसहित पत्नी मेलानियामा शुक्रबार कोरोना पोजिटिभ देखिएको थियो।
ह्वाइटहाउसले सावधानी अपनाउन उनलाई अस्पताल लगिएको जनाएको छ। उनमा मध्यखालको लक्षण देखिएको जनाइएको छ। ट्रम्पले थकान महसुस गरे पनि उनमा आत्मविश्वास रहेको ह्वाइहाउसले उल्लेख गरेको छ।
सिबीएस न्युजका अनुसार ट्रम्पमा हल्का ज्वरो देखिएको छ। अस्पताल जान मारिन वान हेलिकोप्ट चढ्नुुअघि उनले पत्रकारहरुलाई ‘थम्ब्स अप’ गरेका थिए। तर उनले पत्रकारलाई कुनै प्रतिक्रिया दिएनन्। ट्वीटरमा एक भिडियो पोस्ट गर्दै उनले आपूm र फस्ट लेडीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन्।
अस्पतालमा उनी उपचारका लागि इमर्जेन्सीमा नभई सिधै पे्रसिडेन्सियल सुइटमा गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।