• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

डा केसीका माग पूरा गर्दा सरकार हार्दैन : नागरिक अगुवा  

64x64
नेपाल लाइभ शुक्रबार, असोज १६, २०७७  १३:२०
1140x725

काठमाडौं– नागरिक समाजका अगुवाहरुले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकारसँग अपिल गरेका छन्। सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश, पूर्व उपकुलपति र अन्य नागरिक अगुवाहरुले डा केसीको माग पूरा गर्दा सरकारको समाजवादी लक्ष्य नै पूरा हुने भएकाले ढिलो नगर्न आग्रह गरेका हुन्।

‘सोलाडारिटी फर गोविन्द केसी’ले बिहीबार गरेको भर्चुअल छलफलमा नागरिक समाजका अगुवाहरुले यस्तो सुझाव दिएका हुन्। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सरकारले तत्काल डा. केसीको जीवनरक्षा गर्नुपर्ने उल्लेख गर्दै उनीभन्दा स्वार्थरहित अर्को मान्छे आफूले नदेखेको उनले बताए। ‘डा केसीले जनताको मुद्दा उठाउनुभएको हो, उनका माग स्वार्थरहित छन्,’ श्रेष्ठले भने, ‘जनताको बिम्बका रूपमा उहाँ सत्याग्रहमा हुनुहुन्छ।’ 

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले डा केसीको माग सम्बोधन गर्ने कुरा कसैको हारजितको विषय नभएको टिप्पणी गरे। ‘उहाँ एक्लो हुनुहुन्न, सत्य एक्लो र निर्धो हुँदैन, केसीले जित्दा सरकारले पनि जित्छ, हार्दा सरकारले पनि हार्छ,’  श्रेष्ठले भने, ‘समाजवादी सरकारले जनताको माग पूरा गर्नबाट पछाडि हट्न मिल्दैन।’ 

डा. केसीले यसअघि सम्झौता गरिसकेका विषय कार्यान्वयन गर्न माग गरेकाले त्यसलाई पूरा गर्नु सरकारको कर्तव्य हुने उनले बताए। ‘यसअघि सम्झौता गरेको  कुरामा छलछाम गर्न मिल्दैन,’ श्रेष्ठले भने  ‘सत्तालाई सचेत गराउने व्यक्तित्वको माग पूरा गरेर सरकारले जस लिने ठाउँ छ।’  

डा केसीले राखेको माग पूरा गर्न असम्भव नभएकाले सरकारले ढिलो गर्न नहुने उनको तर्क थियो।  

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गरिब जनता उपचारका लागि अमेरिका जान नसक्ने भएकाले आफ्ना ठाउँमा खोज्ने र त्यो माग डा केसीले उठाएको बताइन्।

चिकित्सा शिक्षाको ७५ प्रतिशत विकृति, घोटाला, व्यापार र विसंगति केसीकै अभियानका कारण अन्त्य हुँदै गएको उनको भनाइ थियो। ‘कर्णालीमा एमबीबीएस पढाइ हुनुपर्छ भन्ने कुरा कोभिडले पनि पुष्टि गरेको छ,’ उनले भनिन्, ‘आङभर लुगा र पेटभर खाना नहुनेका लागि कर्णालीमा अस्पताल चाहिन्छ भनिएको हो। उनीहरु अमेरिकामा पैसा खर्च गरेर अमेरिका जान सक्दैनन्।' डा केसीका माग आम जनताको पनि भएकाले तिनलाई पूरा गरेर जीवनरक्षा गर्नुपर्नेमा उनले जोड दिइन्।  

पूर्वसभामुख दमननाथ ढुंगानाले केसीसँगको सम्झौता पालना नगरेर सरकारले मौलिक हकको समेत उल्लंघन गरेको टिप्पणी गरे। डा. केसीले उठाएका आमसर्वसाधारणका माग पूरा गरेर सरकारले लोकमतलाई सम्मान गर्नुपर्ने उनको भनाइ छ। केसीको ज्यान तलमाथि भए, जनता उर्लिने उनको भनाई थियो।

Ncell 2
Ncell 2
nimb
nimb

‘सत्याग्रह सरकारले सुन्नुपर्‍यो,’ उनले भने, ‘केसीलाई हिँडडुल गर्न, समाज सेवा गर्न पनि नदिने अशिष्ट, संविधानविपरीत, अप्रजातान्त्रिक काम भयो।’ सरकारले जनमत भड्काउने काम गर्न नहुने उनको तर्क  छ। जनता र सरकारबीचको विश्वास भंग हुने अवस्था आउन नदिन उनको आग्रह थियो।  

चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलका संयोजक तथा त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले डा केसीकै जिद्दिका कारण चिकित्सा शिक्षा क्षेत्रका विकृति अन्त्य हुँदै गएको बताए। सरकारले कर्णालीमा मेडिकल कलेज खोल्दा केसीको माग पूरा भएको नभई समाजवादी नारा पूरा हुने उनको तर्क थियो। 

एउटा विश्वविद्यालयले १० देखि १२ मेडिकल कलेजलाई सम्बन्धन दिएर दक्ष चिकित्सक उत्पादन नहुने उनको तर्क थियो। सातै वटा  प्रदेशमा मेडिकल कलेज खोल्नुपर्छ भनेर आफूहरुको समितिले दिएको प्रतिवेदन पाँच वर्षसम्म कार्यान्वयन नभएको भन्दै उनले सरकारले कहिले सुन्ने भनि प्रश्न गरे। ‘कर्णालीमा मेडिकल कलेज खोलेर स्वास्थ्य सुविधा दिनु समाजवादी सरकारको एजेन्डा हो,’ माथेमाले भने,  ‘यो पूरा गर्दा डा केसीले हार्दैनन्, सरकारले जित्छ।’ 

अग्रज पत्रकार भैरव रिसालले राज्यले पनि डा केसीका माग सुन्नुपर्ने बताए। डा केसीका माग बेवास्ता गरे राज्यलाई अफाप हुने उनले बताए। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले डा केसीको जीवन तलमाथि परे सरकार संचालकलाई महँगो पर्ने चेतावनी दिए।  ‘सत्ता र शक्तिमा रहेकालाई डा केसी आँखाको कसिङ्गर भएका छन्,’  पोखरेलले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आधारभूत स्वास्थ्य सेवाबाट बञ्चितहरुको माग सरकारले पूरा गर्नुपर्ने जनाए।  डा. जीवन क्षेत्रीले सरकार र निजी क्षेत्रको स्वार्थमा सम्झौता कार्यान्वयन नभएको गुनासो गरे। पत्रकार महासंघका पूर्वअध्यक्ष एवं फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले जनता अब सडकमा आउनुपर्ने अवस्था आएको बताए। सत्याग्राहीको आवाज नसुन्नु भनेको दुखद भएको उनले बताए।

अधिवक्ता राजु चापागाईंले मानव अधिकारको दृष्टिकोणले पनि केसीका माग सरकारले तत्काल सुन्नुपर्ने बताए। संविधानमा स्वास्थ्य आधारभूत मौलिक हकको रुपमा ब्यवस्था गर्ने अनि अस्पताल खोल भनेर अनशन बसेको मानिसका माग सम्बोधन नगर्ने कुरा राम्रो नभएको उनको तर्क छ।

डा केसी अनसनको १९औं दिन चलिरहेको छ। जुम्लाबाट सुरु गरेको अनसन अहिले काठमाडौंमा जारी छ। डा केसीले आमसर्वसाधारणको पनि मुद्दा उठाएकालेसरकारले सम्झौता कार्यान्वयन गर्नुपर्नेमा उनीहरुले जोड थियो।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु
सम्बन्धित सामग्री
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु उनले कारागारमा रहँदा आफूले गरेको भाकल पूरा गर्न भारतका धार्मिकस्थलको भ्रमणमा जान लागेको जानकारी दिएका छन् । शुक्रबार, कात्तिक ६, २०८३
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु दशैं मनाउन माइती आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी छोरीको पोखरीमा डुबेर मृत्यु भएको हो। शुक्रबार, कात्तिक ६, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
कर्णाली याक्सका अरिफुल र अकबर आइपुगे शुक्रबार, कात्तिक ६, २०८३
नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्