काठमाडौं–मेडिकल शिक्षा सुधारको मागसहित सत्याग्रमा रहेका डा गोविन्द केसीलाई भेट्न पूर्वराष्ट्रपति डा. रामवरण यादव शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन्। भेटमा यादवले डा केसीले उठाएका माग जनआवाज भएको बताएका थिए। ‘तपाईंजस्तो मान्छे मुलुकलाई चाहिन्छ,’ यादवले भने।
डा केसी अनशन बसेको आज १९ दिन पुगेको छ। जुम्लामा रहेका केसीले त्यहीँबाटै सत्याग्रह थालेका थिए। उनी केही दिनअघि काठमाडौं आएर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सत्याग्रहमा छन्।
उनको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले अहिलेसम्म वार्ताको कुनै पहल गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।