एजेन्सी– अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७२ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ७२ लाख ७३ हजार ९ सय ४३ पुगेको हो। संक्रमणबाट अमेरिकामा हालसम्म २ लाख ७ हजार ७ सय ४३ जनाको मृत्यु भइसकेको छ।
सबैभन्दा बढी प्रभावित न्युयोर्कमा ३३ हजार १ सय ५९ जना को मृत्यु भएको छ। त्यहाा ७६ हजार ८ सय ३४ जना निको भएका छन्। यस्तै, न्युजर्सीमा १६ हजार १ सय ४०, टेक्सासमा १६ हजार १ सय १०, क्यालिफोर्नियामा १५ हजार ९ सय ६८ र फ्लोरिडामा १४ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ।
विश्वभर हालसम्म ३ करोड ४१ लाख ३७ हजार २ सय जना संक्रमित भएका छन् भने १० लाख १७ हजार ८३ जनाको मृत्यु भएको छ। अमेरिकापछि बढी प्रभावित भारतमा ६३ लाख १२ हजार ५ सय ८४ जना संक्रमित भएका छन् भने ९८ हजार ६सय ७८ जनाको मृत्यु भएको छ। यस्तै, ब्राजिलमा ४८ लाख १० हजार ९ सय ३५ जना संक्रमित र १ लाख ४३ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।