complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मन्त्रीमण्डल पुनर्गठनको चर्चाले सधैं त्राहीत्राहीमा मन्त्री

64x64
वीरेन्द्र ओली बिहीबार, असोज १५, २०७७  १८:१३
1140x725

काठमाडौं- ‘दुई तिहाइको मन्त्रिपरिषद् भनेर के गर्नु? हावाले पात हल्लाइरहने रहेछ,' अघिल्लो साता बहालवाला एक मन्त्रीले ठट्टा गर्दै भने, ‘मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड कसैले बुझ्न सक्दैन। मापदण्डका सूचकहरु नेताजीहरुले खोज्दै होलान्।’

हुन पनि मन्त्रिमण्डल पुनर्गठनको चर्चाले मौजुदा मन्त्रीहरुमा एकप्रकारको त्रास र नैराश्य पैदा गर्ने गरेको छ। नेकपा अध्यक्ष केपी ओलीले बलियो भनिएको सरकारको नेतृत्व गरेदेखि ११ पटकसम्म मन्त्रिपरिषद पुनगर्ठन भएको छ। कुनै पनि पुनर्गठन विवादरहित नभएकाले पनि मन्त्रीहरुमा आफ्नो कार्यकालप्रति विश्वासभन्दा बढी संशय देखिन्छ।

‘यसले मन्त्रिहरु मनोवैज्ञानिक रुपमा कमजोर हुन्छन् र त्यसको असर कुनै न कुनै रुपमा मन्त्रालयको कामकारवाहीमा देखिन्छ’, एकजना पूर्वसचिव भन्छन्, ‘वास्तवमा प्रधानमन्त्रीय पद्धती भए पनि हाम्रोमा यो एकप्रकारको रोगजस्तो बनेको छ।’

खासगरी सत्तारुढ दलभित्रको शक्ति सन्तुलनका नाउँमा मन्त्रिपरिषद् पुर्नगठनको अभ्यास र चर्चा निम्तिने  गरेको छ। झण्डै दुई तिहाई बहुमत प्राप्त सरकारमा बारम्बार मन्त्रिपरिषद पुर्नगठनको चर्चाले सधैं मन्त्रिहरु त्राहीत्राहीमा काम गर्दै आएका छन्।

प्रधानमन्त्री केपीशर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा सर्धैं हल्ला फिँजाएर गर्न थालेपछि सर्धै अस्थिर सरकारकै मानसिकता हुने गरेको मन्त्रीहरुले गुनासो छ।

यो पनि पढ्नुहोस्

दल दाहिना भएपछि बिहीबार, असोज १५, २०७७

प्रधानमन्त्रीय पद्धतिमा मन्त्री मन्त्रिपरिषद् पुनर्गठन गर्दा मन्त्री हटाउने वा राख्ने  सबै प्रधानमन्त्रीको क्षेत्राधिकार भएपनि यस्तो विषय सधैं गोप्यरुपमा राखिनुपर्ने राजनीतिक विश्लेषक कृष्ण पोखरेलले बताए। मन्त्री हटाउने/राख्ने  विषय कर्मचारीले थाहा पाउन थालेपछि स्वयं कर्मचारीले समेत टेर्न छोड्ने उनको विश्लेषण छ।

‘राजनीति कितावका पानामा पढेजस्तो गरी सरसर्ती कहिले चल्दैन। राजनीति जहिलै बांङगोटिंगो चल्छ’ पोखरेलले भने, ‘प्रधानमन्त्री आफैंले पार्टीमा आफ्नो स्थिति कस्तो छ, आफूलाई अनुकूल छ कि छैन, पार्टीमा अरु नेताको इच्छा चहाना के छ भन्ने कुरालाई ध्यान दिएर कार्यसम्पादन गर्नुपर्छ।’ 

प्रधानमन्त्री आफ्नै मनमौजीमा हिँड्न थालेपछि पार्टीभित्रको विवादसँगै मन्त्री राख्ने र हटाउने विषय समेत बाहिर आउनु स्वभाविकै भएको पोखरेलको तर्क छ। प्रधानमन्त्रीले आफ्नो सानो कोटरीको सल्लाहकारबाट बाहिर नआउँदासम्म वास्तविक समस्याका नजिक नपुग्ने पोखरेलले ठोकुवा गरे।

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्रिपरिषद् पुर्नगठन गर्ने हल्लाले ओली पक्षका भन्दा सबैभन्दा धेरै प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीहरुलाई पिरोल्दै आएको छ। प्रधानमन्त्रीले आफ्नो पक्षका मन्त्रीहरु विवादित भएपनि जोगाउने तथा अलग गुटका मन्त्रीले सानो गल्ती गरेपनि पाखा लाउने गरेकाले ढुक्कसँग काम गर्न नपाएको मन्त्रीहरुको गुनासो उहिल्यैदेखि छ।

प्रधानमन्त्री र उनी निकट मन्त्रीले मिडियामा ‘यो मन्त्री राख्ने, यो मन्त्री हटाउने’ हल्ला चलाउँदा कर्मचारीले समेत टेर्न छोडेको एक मन्त्रीले बताए। ‘प्रधानमन्त्री कार्यालयका कर्मचारी र सल्लाहकारले मन्त्रीलाई यो गर्नुस् त्यो गर्नुस भन्छन्। मन्त्रालयका सचिव र सहसचिवको हालिमुहाली हुँदा मन्त्रीले राम्ररी काम गर्नै पाएका छैनौँ’ ती मन्त्रीले भने, ‘प्रधानमन्त्रीले शक्ति केन्द्रीकृत गर्दा हो वा काम गर्ने शैली नभएर हो कार्यसम्पादनमा खुशी हुने ठाउँ छैन।’

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद् पुनर्गठन : ल्याउनभन्दा हटाउन सकससोमबार, असोज १२, २०७७

प्रधानमन्त्री ओलीको क्याविनेट मन्त्री भई बिदाई भएका एक मन्त्रीले आफू मन्त्री नभई बुख्याचाजस्तो देखाउन डमी मन्त्री बनाएको भन्दै आक्रोस पोखेका थिए। ‘प्रधानमन्त्रीज्यूले सबै काम सचिवबाट गराउनुहुन्थ्यो। आफ्नो मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने नियुक्तसम्म थाहा हुँदैन थियो’ ती मन्त्रीले नेपाल लाईभसँग भनेका थिए, ‘मन्त्री हुँदासम्म मलाई मन्त्री नै हुँ भन्ने फिलै भएन। मन्त्रालयमा के भइरहेको छ भन्नेसम्म थाहा नहुने अवस्था भयो।’

भूमि व्यवस्था, गरिवी निवारण तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले भने मन्त्रिपरिषद पुनर्गगठनले आफूमा कुनै त्रास वा डर पैदा नभएको दाबी गरिन्। ‘मिडियाको काम समाचार लेख्ने हो लेख्छन्। म मन्त्री भएपछि काम गर्ने हो। एक दिन होइन एक घण्टासम्म मन्त्री हुँदा पनि जनताको काम गर्ने हो’ अर्यालले भनिन् ‘मन्त्रिपरिष पुनर्गठनले मलाई कुनै फरक पारेको छैन। कर्मचारीले भनेको खुरुखुरु मानेका छन् त्यो कुनै कमजोर फिल गरेकी छैन।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मन्त्रिपरिषद पुनर्गठनका विषयमा दुई अध्यक्षबीच छलफल भइरहेका हुनाले यसको कार्यान्वयन छिटै हुने संकेत देखिएको अर्यालले बताइन्। 

प्रधानमन्त्री ओली ३ फागुन २०७४ मा प्रधानमन्त्री भएपछि सबै मन्त्रीले आफूपनि पाँच वर्ष काम गर्नेगरी आ-आफ्नो पाँच वर्षीय कार्ययोजना घोषणा गरे। घोषणाअनुसार काम गर्न सबै मन्त्रीहरुले योजना तयार पारे। प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग करार सम्झौता गरेर मार्कसिट तयार गरी सफ्टवेरबाट निगरानी तथा मूल्याङकन गर्ने भनियो।

तर काम गर्दै जादा कतिपय मन्त्रीसंग र्‍याङका ठ्याङ मिल्न छोड्यो। प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने चर्चा लामो समयसम्म भयो। अर्का अध्यक्ष प्रचण्डसहित अरु नेतासँग सहमती हुन नसक्दा झण्डै १० महिनासम्म पुनर्गठन लम्बियो। अन्त्यमा पार्टीमा सहमति भएपछि गत ४ मंसिर ०७६ मा ६ मन्त्रीसहित तीन राज्य मन्त्रीलाई बिदाइ भए।

ओलीले अहिलेसम्म ११ औं पटक मन्त्रिपरिषद पुनर्गठन गरिसकेका छन्। उनले अहिले १२ औं पटक पुनर्गठन गर्न पार्टी अध्यक्ष प्रचण्डसँग छलफल चलाइरहेका छन्। ओली प्रचण्डबीच पुनर्गठनको मोडालिटीमा अझै कुरा मिलिसकेको छैन।

प्रधानमन्त्री ओलीले यसअघि मन्त्रिपरिषद् पुनर्गठन गर्दा काम गर्न नसकेको भन्दै ६ मन्त्रीसहित तीन राज्य मन्त्रीलाई हटाए। त्यही विषयलाई लिएर नेकपा र सत्ता साझेदार दल तत्कालीन समाजवादी पार्टीमा समेत रडाको मच्चियो। प्रधानमन्त्री पद्दती प्रधानमन्त्री सफल/असफल भएपनि प्रधानमन्त्री नै भागिदार हुन्छन्। तर, त्यहीँ प्रधानमन्त्रीय पद्दतीमा प्रधानमन्त्री सफल हुने मन्त्री असफल कसरी भयो भन्दै भन्दै कतिपय मन्त्रीले प्रतिप्रश्न गरे। प्रश्नप्रति प्रधानमन्त्री ओली मौन रहे पनि प्रश्न यथावत् छ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७  १८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत आर्थिक सम्बन्धलाई उत्पादनमूलक, विविधतायुक्त र दिगो बनाउन व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रव... बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनसहित अमेरिकी कंग्रेसका कर्मचारीहरूको प्रतिनिधिमण्डलले बाढी प्रभावित क्षेत्... बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निर्वाचनमा नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यका रूपमा उम्मेदवार बन्... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्