Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मन्त्रिपरिषद् पुनर्गठन : ल्याउनभन्दा हटाउन सकस

64x64
नेपाल लाइभ सोमबार, असोज १२, २०७७  २१:३८
1140x725

काठमाडौं- नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँ मन्त्री बनाउनभन्दा भएका मन्त्रीलाई हटाउन सकस भएको छ। हाल मन्त्री पदको जिम्मेवारीमा भएकालाई हटाउने बलियो मापदण्ड बनाउन नसक्दा नयाँ मन्त्री ल्याउने विषय अझसम्म पनि निष्कर्षमा पुग्न सकेको छैन। मन्त्रिपरिषद् पुनर्गठनको विषयमा शीर्ष नेतृत्व तह निष्कर्ष पुग्न नसे पनि मन्त्रीका आकांक्षी नेकपाका नेताहरूले भने दौडधुपलाई तीव्रता दिएका छन्। 

ओली-प्रचण्डले पुनर्गठनकै विषयमा चार दिनयता निरन्तर छलफल गर्दा समेत अझै निष्कर्ष निस्कन सकेको छैन। मंगलबारसमेत ओली-प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनकै विषयमा प्रधानमन्त्री निवासमा छलफल गर्ने तय भएको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए। तर दुवै जना नेताहरू मन्त्रिपरिषद पुनर्गठनको विषयलाई धेरै नलम्ब्याउने पक्षमा रहेको उनको भनाइ छ। 

अहिले भएका मन्त्रीलाई कुन आधार बनाएर हटाउने भन्ने विषयमा दुई अध्यक्षबीच एक मत हुन नसक्दा समस्या बल्झिएको हो। नेकपा सचिवालय बैठकले योग्यता, क्षमता र अनुभवका आधारमा पुनर्गठन गर्न अमूर्त सुझाव दिएकाले ठोस निष्कर्षमा पुग्न ढिलाइ भएको ओली निकट मानिने एक जना केन्द्रीय सदस्यले बताए। 

‘कुनै मन्त्रीको कुनै पक्ष राम्रो छ कुनै पक्ष नराम्रो छ। मन्त्री हटाउने भनेर मात्रै हुँदैन। प्रधानमन्त्रीलाई सहयोग पुग्ने मन्त्री पनि चाहियो। पार्टीमा समीकरण कायम राख्न गुट मिलाउनै पर्‍यो। समावेशी भएन भनेर  प्रश्न गर्छन्। भएका मन्त्रीलाई हटाउन त्यति सजिलो छैन,’ प्रधानमन्त्री निकट ती नेताको भनाइ छ, ‘प्रधानमन्त्रीज्यू र पार्टी अध्यक्षज्यूले छलफल गरिरहनु भएको छ। दुई अध्यक्ष छिट्टै निष्कर्षमा पुगेपछि पुनर्गठन होला।’

यसअघिको मन्त्रिपरिषद् पुनर्गठन विवादित भएकाले विवादरहित ढंगले पुनर्गठन गर्न दुई अध्यक्षद्वय लागेको ती केन्द्रीय सदस्यले उल्लेख गरे। ‘यसअघि गत मंसिर ४ गते मन्त्रिपरिषद पुनर्गठन गर्दा कतिपय मन्त्रीलाई काम गर्न नसकेर हटाइयो। तर, कतिपय मन्त्रीले यसअघि हटाएका मन्त्री जति पनि काम गर्न सकेनन्,’ उनले भने, ‘अब हटाउन त्यस्तो गल्ती नदोहोरियोस् भन्ने छ। अब हटाउँदा प्रधानमन्त्रीज्यू, सरकार र पार्टी कतै असर नपर्ने गरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने भन्ने छ।’

Ncell 2
Ncell 2
nimb
nimb

५ देखि १२ जना नयाँ मन्त्री ल्याउने संभावना
मन्त्रिपरिषद पुनर्गठन भए थोरैमा ५ जना र धेरैमा १२ जना मन्त्री बन्ने प्रधानमन्त्री निकट स्रोतले बताएको छ। ‘अहिले भएका मन्त्री नहटाउने भन्ने भएमा रिक्त भएका अर्थ, सञ्चार र सहरी विकासगरी तीन मन्त्री नयाँ आउँछन्। त्यस्तै उर्जा र उद्योग मन्त्रालय फुटाएर थप दुई जना नयाँ मन्त्री बनाउनले गरी पनि छलफल भएको छ। तर यो निष्कर्षमा पुगिसकेको भने होइन,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘यदि त्यो मापदण्ड कायम हुन नसकेमा ५ मन्त्रीसहित अरु ६ जना भन्दा धेरै मन्त्रीलाई बिदा गरेर ११/१२ ले मन्त्री बन्ने अवसर पाँउछन्।’

तर,ओली प्रचण्डबीच कति मन्त्री हटाउने भन्ने बारेमा एक हुन नसक्दा संख्या यकिन हुन ढिलाइ भएको हो। प्रधानमन्त्री ओलीले विवादित भएपनि आफू निकटका मन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नहटाउने अडान लिएका छन्।

प्रधानमन्त्रीले हटाउन चाहेका मन्त्रीमा श्रममन्त्री रामेश्वर राय यादव, खेलकुदमन्त्री जगत विश्वकर्मा, खानेपानीमन्त्री विना मगर, वनमन्त्री शक्तिबहादुर बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, र भूमीमन्त्री पद्मा अर्याल रहेको प्रधानमन्त्री निकटका एक मन्त्रीले बताए।

Xtrem
Xtrem

तर, अध्यक्ष प्रचण्डले रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, उद्योग मन्त्री लेखराज भट्ट, श्रममन्त्री रामेश्वर राय यादव र भूमिमन्त्री पद्मा अर्याललाई हटाउन चाहेका छन्। अध्यक्ष प्रचण्डले प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बनाउनुपर्ने अडान राखेको बताइएको छ। प्रधानमन्त्री ओलीले गौतम र श्रेष्ठलाई मन्त्री बनाउन आनाकानी गरेकाले मन्त्रिपरिषद पुनर्गठनमा ढिलाइ भइरहेको छ।

प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  २१:३८
  • #मप-पुनर्गठन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने
सम्बन्धित सामग्री
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले आज पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको काठमाडौँ बसाइँको खर्च पार्टीले व्... बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने पार्टीको स्थायी कमिटी बैठकले तल्लो तहका भेला सम्पन्न गरी राष्ट्रिय स्तरको कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो। बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयगत विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री किरण था... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने बिहीबार, असोज २२, २०८३
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्