• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अधिकतम दुई महिना कैद हुने मुद्दामा हिरासतमै बित्यो ६९ दिन

64x64
नारायण अधिकारी बुधबार, असोज १४, २०७७  १७:५१
1140x725

काठमाडौं- अधिकतम सजाय सुनाउँदा २ महिना मात्रै कैद बस्नुपर्ने हुने एक मुद्दाका दुई अभियुक्तलाई कानुनविपरीत हिरासतमा ६९ राखिएको खुलेको छ।लागुऔषधको एक घटनाका दुई अभियुक्तले भने ६९ दिनसम्म हिरासतमा बस्नु परेको हो। कानुनविपरीत उनीहरूलाई ६९ दिनसम्म हिरासतमा राख‍िएको हो। 

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७८ अनुसार अधिकतम कैद सजाय हुने अवधिभन्दा बढी हिरासतमा राख्नु कानुन विपरीत हुन्छ। ‘अभियुक्तलाई निज उपर लगाइएको अभियोग प्रमाणित भएमा हुन सक्ने अधिकतम कैदको सजायको अवधिभन्दा बढी अवधिसम्म थुनामा राखिने छैन,’ संहिताको दफा ७८ मा लेखिएको छ।

घटना गत साउन ७ गतेको हो। नारायण गोपाल चोकबाट लाजिम्पाटतर्फ जाने बाटोको बायाँ किनारबाट कर्मा भन्ने सोनाम लामा र किसन कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो। दिउँसो साढे ४ बजे बा ३३ प ४८१३ नम्बरको भिआर मोटरसाइकलसहित पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ०.५ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरेको थियो।

पक्राउ परेका कर्माले प्रहरीसँगको बयानमा आफूले लागुऔषध खैरो हिरोइन सेवन गर्न थालेको ८/९ महिना भएको बताएका थिए। किसन र कर्मा मिलेर लागुऔषध सेवन गर्न थालेका थिए।

पहिला सुदीप लामा भन्ने व्यक्तिसँग खरिद गरेर खैरो हिरोइन सेवन गर्न थालेको र उनले महँगो मूल्य लिन थालेपछि कपिल भन्ने व्यक्तिमार्फत् राजकुमार लामासँग किनेर सेवन गर्न थालेको उनीहरुको बयान छ।

राजकुमार लामालाई ९ ग्राम खैरो हिरोइन ल्याइदिनु भनेर ५० हजार रुपैयाँसमेत दिएको प्रहरीले दाबी गरे पनि अदालतसमक्षको बयानमा भने उक्त ५० हजार रुपैयाँ सापट दिएको कर्माले बताएका छन्। 

पक्राउ पर्ने दिन (साउन ७ गते)भने आफूसँग लागुऔषध नभएकाले किसनलाई सम्पर्क गरेर खैरो हिरोइन ल्याउन भनेको कर्माको भनाई छ। किसनले ल्याएको खैरो हिरोइन सेवन गर्न लाग्दा उनीहरू दुवैजनालाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको थियो।

कर्मा र किसनकै बयानको आधारमा खैरो हिरोइन बेचबिखन गर्ने राजकुमार लामा, सुदीप लामा भन्ने धनबहादुर जिम्बा र कपिल तामाङलाई पक्राउ गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यी ५ जनामध्ये कर्मा भन्ने सोनाम लामा, किसन कार्कीलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (छ) कसुरमा सजाय माग गर्दै मुद्दा दायर गरियो। अर्थात् उनीहरू लागुऔषध सेवनकर्ताको भएको भन्दै सोही बमोजिम सजाय माग गरिएको थियो। 

लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार सेवनकर्तालाई अधिकतम २ महिनाभन्दा बढी सजाय नहुने व्यवस्था छ। दफा १४ को (ज)मा लेखिएको छ, ‘नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागुऔषध वा मनोद्दीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) र तिनको लवण र अन्य पदार्थ समेतको दुर्व्यसन गर्ने व्यक्तिलाई दुई महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने।’

कर्मा र किसनले लागुऔषध सेवन गरेको पुष्टि भएमा अधिकतम २ महिना मात्रै कैद हुन सक्ने प्रष्ट रूपमा उल्लेख गरिएको छ। तर उनीहरुको हकमा भने दोषी प्रमाणित भएमा कैद बस्नुपर्ने सजायभन्दा बढी समय अर्थात् ६९ दिन प्रहरी हिरासतमा बसेका छन्। 

जिल्ला सरकारी वकिलमार्फत् जिल्ला अदालत काठमाडौं उपस्थित गराइएका कर्मा र किसनको हकमा दोषी ठहर भएमा बस्नुपर्ने सजाभन्दा बढी हिरासतमा बस्नु परेको भन्दै उनीहरुलाई हाजिरीजमानीमा रिहा गर्ने आदेश दिएको छ। 

अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले सोमबार (असोज १२ गते) उनीहरुलाई रिहा गर्ने आदेश दिएको हो। भट्टराईको इजलासले गरेको आदेशमा लेखिएको छ, ‘कर्मा र किसनको हकमा फौजदारी कार्यविधि संहिता २०७४, को दफा ७८ आकर्षित हुने भएकोले दफा ६९ बमोजिम साधारण तारेखमा राख्नू भनी संहिताको दफा ७९ बमोजिम यो आदेश गरिएको छ।’

अर्थात् उनीहरुले लागुऔषध सेवन गरेको र सो कसुरमा अधिकतम २ महिना कैद सजाय हुने भएकाले उनीहरूले हिरासतमै ६९ दिन बिताइसकेको हुँदा रिहा हुन आदेश दिएको हो।

कसरी भयो यस्तो?
दोषी प्रमाणित भएको अवस्थामा २ महिना कैद बस्नुपर्ने व्यक्ति ६९ दिनसम्म कसरी हिरासतमा बसे भन्नेबारे हामीले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलसँग सोधपुछ गरेका छौं। ब्यूरोका प्रमुख एसएसपी दीलिपकुमार चौधरीले कोरोनाका कारण यस्तो हुन गएको बताए। उनका अनुसार पक्राउ परेका कर्मा र किसनको कोरोना जाँच गराउँदा संक्रमण भएको पुष्टि भएपछि यस्तो भएको हो।

‘हामीले पक्राउ गरेपछि कोराना जाँच गराउँदा कोरोना पुष्टि भयो। त्यो समय उनीहरु आइसोलेसनमा बसे। अदालतले पछि व्याख्या गर्दा आइसोलेनको समय समेत गणना गर्दा यस्तो भएको हो,’ नेपाल लाइभसँग एसएसपी चौधरीले भने।

सरकारी वकिल भन्छन्- कोरोना संक्रमितको बयान र सहीछाप कसरी गराउने?
यो मुद्दाको अभियोजन सरकारी वकिल कार्यालय काठमाडौंका सरकारी वकिल उमाकान्त पौडेलले गरेका हुन्। उनीसँग यस विषयमा गरिएको कुराकानी यस्तो छ।

कारोना संक्रमण पुष्टि भएपछि यस्तो भएको हो। कारोना पुष्टि भएका बिरामीको मिसिल अदालतले बुझ्दैन। यी दुई अभियुक्तको कोरोना लागेको २० दिनपछि कारोना रिपोर्ट नेगेटिभ देखिएको थियो। तर कारोना पोजेटिभ देखिनुभन्दा अघि नै मुद्दा अदालतमा पेस भएको थियो। 

अदालतले उनीहरुलाई कोरोना नेगेटिभ आएपछि मात्रै बयान गराउँदा यस्तो समस्या आएको हो। कोरोना पोजेटिभ देखिएपछि कसले बयान गर्ने? आदेश कसरी गर्ने, सही छाप कसरी गराउने? ल्याप्चे कसरी लगाउने? यो प्रक्रिया पनि जटिल नै छ। नेगेटिभ रिपोर्ट नआएसमम कोर्टले बयान गराउँदैन। त्यसकारण गर्दाखेरी लामो समय बस्नु परेको हो। 

अर्कोतर्फ उनीहरुसँग थप तीन जना पनि पक्राउ परेका थिए। यी दुई जनालाई लागुऔषध सेवनको कसुर लगाइएको थियो अर्का तीन जनालाई भने किनबेच। यो संयुक्त मुद्दा भएकाले दुई महिना कैद हुनेमा त्योभन्दा बढी हिरासतमा राखियो भन्ने अवस्था पनि हुँदैन। किनभने जुनसुकै लागुऔषध मुद्दामा ९० दिनसम्म हिरासतमा राख्न सकिने व्यवस्था छ। 

प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको... सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको देखिन्छ। विवादका क्रममा उनले ‘मर्न... सोमबार, असोज ५, २०८३
नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित फलफूल बजार नजिक असोज २ गते बेलुका ७ बजे पीडितलाई बोलाएर ठगी गर्न खोजेको आरोपमा उनीहरूलाई... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्