• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अधिकतम दुई महिना कैद हुने मुद्दामा हिरासतमै बित्यो ६९ दिन

64x64
नारायण अधिकारी बुधबार, असोज १४, २०७७  १७:५१
1140x725

काठमाडौं- अधिकतम सजाय सुनाउँदा २ महिना मात्रै कैद बस्नुपर्ने हुने एक मुद्दाका दुई अभियुक्तलाई कानुनविपरीत हिरासतमा ६९ राखिएको खुलेको छ।लागुऔषधको एक घटनाका दुई अभियुक्तले भने ६९ दिनसम्म हिरासतमा बस्नु परेको हो। कानुनविपरीत उनीहरूलाई ६९ दिनसम्म हिरासतमा राख‍िएको हो। 

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७८ अनुसार अधिकतम कैद सजाय हुने अवधिभन्दा बढी हिरासतमा राख्नु कानुन विपरीत हुन्छ। ‘अभियुक्तलाई निज उपर लगाइएको अभियोग प्रमाणित भएमा हुन सक्ने अधिकतम कैदको सजायको अवधिभन्दा बढी अवधिसम्म थुनामा राखिने छैन,’ संहिताको दफा ७८ मा लेखिएको छ।

घटना गत साउन ७ गतेको हो। नारायण गोपाल चोकबाट लाजिम्पाटतर्फ जाने बाटोको बायाँ किनारबाट कर्मा भन्ने सोनाम लामा र किसन कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो। दिउँसो साढे ४ बजे बा ३३ प ४८१३ नम्बरको भिआर मोटरसाइकलसहित पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ०.५ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरेको थियो।

पक्राउ परेका कर्माले प्रहरीसँगको बयानमा आफूले लागुऔषध खैरो हिरोइन सेवन गर्न थालेको ८/९ महिना भएको बताएका थिए। किसन र कर्मा मिलेर लागुऔषध सेवन गर्न थालेका थिए।

पहिला सुदीप लामा भन्ने व्यक्तिसँग खरिद गरेर खैरो हिरोइन सेवन गर्न थालेको र उनले महँगो मूल्य लिन थालेपछि कपिल भन्ने व्यक्तिमार्फत् राजकुमार लामासँग किनेर सेवन गर्न थालेको उनीहरुको बयान छ।

राजकुमार लामालाई ९ ग्राम खैरो हिरोइन ल्याइदिनु भनेर ५० हजार रुपैयाँसमेत दिएको प्रहरीले दाबी गरे पनि अदालतसमक्षको बयानमा भने उक्त ५० हजार रुपैयाँ सापट दिएको कर्माले बताएका छन्। 

पक्राउ पर्ने दिन (साउन ७ गते)भने आफूसँग लागुऔषध नभएकाले किसनलाई सम्पर्क गरेर खैरो हिरोइन ल्याउन भनेको कर्माको भनाई छ। किसनले ल्याएको खैरो हिरोइन सेवन गर्न लाग्दा उनीहरू दुवैजनालाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको थियो।

कर्मा र किसनकै बयानको आधारमा खैरो हिरोइन बेचबिखन गर्ने राजकुमार लामा, सुदीप लामा भन्ने धनबहादुर जिम्बा र कपिल तामाङलाई पक्राउ गरेको थियो।

Ncell 2
Ncell 2

यी ५ जनामध्ये कर्मा भन्ने सोनाम लामा, किसन कार्कीलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (छ) कसुरमा सजाय माग गर्दै मुद्दा दायर गरियो। अर्थात् उनीहरू लागुऔषध सेवनकर्ताको भएको भन्दै सोही बमोजिम सजाय माग गरिएको थियो। 

लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार सेवनकर्तालाई अधिकतम २ महिनाभन्दा बढी सजाय नहुने व्यवस्था छ। दफा १४ को (ज)मा लेखिएको छ, ‘नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागुऔषध वा मनोद्दीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) र तिनको लवण र अन्य पदार्थ समेतको दुर्व्यसन गर्ने व्यक्तिलाई दुई महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने।’

कर्मा र किसनले लागुऔषध सेवन गरेको पुष्टि भएमा अधिकतम २ महिना मात्रै कैद हुन सक्ने प्रष्ट रूपमा उल्लेख गरिएको छ। तर उनीहरुको हकमा भने दोषी प्रमाणित भएमा कैद बस्नुपर्ने सजायभन्दा बढी समय अर्थात् ६९ दिन प्रहरी हिरासतमा बसेका छन्। 

जिल्ला सरकारी वकिलमार्फत् जिल्ला अदालत काठमाडौं उपस्थित गराइएका कर्मा र किसनको हकमा दोषी ठहर भएमा बस्नुपर्ने सजाभन्दा बढी हिरासतमा बस्नु परेको भन्दै उनीहरुलाई हाजिरीजमानीमा रिहा गर्ने आदेश दिएको छ। 

अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले सोमबार (असोज १२ गते) उनीहरुलाई रिहा गर्ने आदेश दिएको हो। भट्टराईको इजलासले गरेको आदेशमा लेखिएको छ, ‘कर्मा र किसनको हकमा फौजदारी कार्यविधि संहिता २०७४, को दफा ७८ आकर्षित हुने भएकोले दफा ६९ बमोजिम साधारण तारेखमा राख्नू भनी संहिताको दफा ७९ बमोजिम यो आदेश गरिएको छ।’

अर्थात् उनीहरुले लागुऔषध सेवन गरेको र सो कसुरमा अधिकतम २ महिना कैद सजाय हुने भएकाले उनीहरूले हिरासतमै ६९ दिन बिताइसकेको हुँदा रिहा हुन आदेश दिएको हो।

कसरी भयो यस्तो?
दोषी प्रमाणित भएको अवस्थामा २ महिना कैद बस्नुपर्ने व्यक्ति ६९ दिनसम्म कसरी हिरासतमा बसे भन्नेबारे हामीले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलसँग सोधपुछ गरेका छौं। ब्यूरोका प्रमुख एसएसपी दीलिपकुमार चौधरीले कोरोनाका कारण यस्तो हुन गएको बताए। उनका अनुसार पक्राउ परेका कर्मा र किसनको कोरोना जाँच गराउँदा संक्रमण भएको पुष्टि भएपछि यस्तो भएको हो।

‘हामीले पक्राउ गरेपछि कोराना जाँच गराउँदा कोरोना पुष्टि भयो। त्यो समय उनीहरु आइसोलेसनमा बसे। अदालतले पछि व्याख्या गर्दा आइसोलेनको समय समेत गणना गर्दा यस्तो भएको हो,’ नेपाल लाइभसँग एसएसपी चौधरीले भने।

सरकारी वकिल भन्छन्- कोरोना संक्रमितको बयान र सहीछाप कसरी गराउने?
यो मुद्दाको अभियोजन सरकारी वकिल कार्यालय काठमाडौंका सरकारी वकिल उमाकान्त पौडेलले गरेका हुन्। उनीसँग यस विषयमा गरिएको कुराकानी यस्तो छ।

कारोना संक्रमण पुष्टि भएपछि यस्तो भएको हो। कारोना पुष्टि भएका बिरामीको मिसिल अदालतले बुझ्दैन। यी दुई अभियुक्तको कोरोना लागेको २० दिनपछि कारोना रिपोर्ट नेगेटिभ देखिएको थियो। तर कारोना पोजेटिभ देखिनुभन्दा अघि नै मुद्दा अदालतमा पेस भएको थियो। 

अदालतले उनीहरुलाई कोरोना नेगेटिभ आएपछि मात्रै बयान गराउँदा यस्तो समस्या आएको हो। कोरोना पोजेटिभ देखिएपछि कसले बयान गर्ने? आदेश कसरी गर्ने, सही छाप कसरी गराउने? ल्याप्चे कसरी लगाउने? यो प्रक्रिया पनि जटिल नै छ। नेगेटिभ रिपोर्ट नआएसमम कोर्टले बयान गराउँदैन। त्यसकारण गर्दाखेरी लामो समय बस्नु परेको हो। 

अर्कोतर्फ उनीहरुसँग थप तीन जना पनि पक्राउ परेका थिए। यी दुई जनालाई लागुऔषध सेवनको कसुर लगाइएको थियो अर्का तीन जनालाई भने किनबेच। यो संयुक्त मुद्दा भएकाले दुई महिना कैद हुनेमा त्योभन्दा बढी हिरासतमा राखियो भन्ने अवस्था पनि हुँदैन। किनभने जुनसुकै लागुऔषध मुद्दामा ९० दिनसम्म हिरासतमा राख्न सकिने व्यवस्था छ। 

प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
गृहमन्त्री अर्यालले पाए सरकारको प्रवक्ताको जिम्मेवारी बिहीबार, माघ ८, २०८२
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ ८, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो : शेखर कोइराला बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्