• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

झुक्याउन सक्छ मुटुरोगले

सन्दर्भ : विश्व मुटु दिवस
डा मिलनप्रकाश श्रेष्ठ मंगलबार, असोज १३, २०७७  ०९:४६
1140x725

हाम्रो बानी नै छ, केही समस्या नपरेसम्म चेकजाँच नगराउने। ‘मलाई के नै भएको छ र जाँच गराउन’ भन्ने एकथरि छन् भने अर्कोथरि चाहिँ ‘चेकजाँच गराउँदा केही भेटिएला र टेन्सन मात्र हुन्छ’ भन्ने किसिमका छन्। यही प्रवृत्तिले रोगहरुको समयमै पहिचान गर्न नसक्दा वा समस्यालाई सामान्य रुपमा लिँदा शरीरका अंगहरु कामै नलाग्ने अवस्थामा पुगेपछि मात्र बिरामी डाक्टरकहाँ पुग्ने गरेको देखिन्छ।

हिँड्दाहिँड्दै गरेको स्वस्थ देखिने मानिसको मृत्यु हुनुमा स्वास्थ्यका धेरै समस्या हुन सक्छन्। कतिपय अवस्थामा लक्षणहरु देखिन्छन्, कतिपय अवस्थामा कुनै लक्षण देखिँदैनन्। तीमध्ये मुटुका समस्याहरु मुख्य हुन्। शरीर सुन्निदै जानु, बारम्बार रगत बान्ता हुुनु वा खकारमा रगत देखिनु मुटु, कलेजो, फोक्सो आदि फेल हुँदै जानुको लक्षण पनि हुनसक्छ। जसको समयमै उपचार गरे बिरामीलाई बचाउन सकिन्छ।

मुटुको बाथ रोगले मुटुका भल्भहरुमा क्षति पुर्‍याउँछ। आवश्यक उपचारको अभावमा त्यही भल्भको समस्याका कारण मुटुका कोठाहरु सुन्निदै जान्छन्। मुटु सुन्निदै जाँदा कमजोर हुन्छ र आवश्यक मात्रामा रगत पम्प गर्न सक्दैन, जसले गर्दा शरीर सुन्निदै जान्छ। शरीर सुन्निने क्रम खुट्टाबाट शुरु भएर माथिमाथि सर्दै जान्छ र अन्तमा शरीर पूरै सुन्निन पुग्छ। फोक्सोमा पर्ने असरले रगतका नलीहरु फुट्छन् र खोक्दा रगत देखिने समस्या सुरु हुन्छ। यही कमजोर मुटुका कारण जवान अवस्थामा नै मानिसको मृत्यु हुनसक्छ। 

डा मिलनप्रकाश श्रेष्ठ

नियन्त्रण बाहिरको उच्च रक्तचापले पनि मानिसको अचानक मृत्यु गराउँछ। तर, मानिसको मृत्यु उच्च रक्तचाप गर्ने नभई यसले पार्ने नकारात्मक असरले अंगहरु खराब भएर हुनेगर्छ। अनियन्त्रित रक्तचापले हृदयाघात, पक्षघात गराउन सक्छ। मुटुका मांसपेशीमा रक्त प्रवाह गर्ने रक्तनलीहरु साँघुरिँदै बन्द भई मुटुको मांसपेशीमा अक्सिजनको कमी हुन पुगेमा मांसपेशीहरु मर्न थाल्छन्, जसलाई हृदयाघात भनिन्छ। यस्तै, दिमागको रक्तनली साँघुरिई दिमागमा अक्सिजनको कमी हुन पुगेमा वा रक्तचापकै कारण दिमागभित्रका रक्तनली फुटेर रगत जम्न गएमा यसलाई मस्तिष्कघात भनिन्छ। यस्तो समस्या सानो भएमा बिरामीको तुरन्तै मृत्यु नहुन सक्छ तर अलि ठूलै घात हुन गएमा मानिसको तत्कालै मृत्यु हुन सक्छ। 

अनियन्त्रित रक्तचापकै कारण मुटुमा अत्याधिक चाप परेमा मुटुले आवश्यक पम्प गर्न सक्दैन। यसको प्रत्यक्ष असर फोक्सोमा पर्छ। मुटुले आवश्यक पम्प गर्न नसकेपछि फोक्सोबाट सफा भई मुटुमा फर्कनुपर्ने रगत फर्कन नसकी फोक्सोमै जाम हुन्छ र अचानक सास फेर्न गाह्रो भई बिरामीको तत्काल मृत्यु हुन सक्छ।

विगत ४ वर्षदेखि उच्च रक्तचाप देखिएको तर केही पनि औषधि सुरु नगरेका एकजना वयस्क मकहाँ आइपुगे। विगत ४ वर्षदेखिको अनियन्त्रित रक्तचापले उनको एउटा आँखाको दृष्टि नै गुमेको रहेछ र आँखारोग विशेषज्ञको उपचारमा रहेछन्। आफूलाई कुनै लक्षण नभएकाले गर्दा रक्तचापको औषधि सुरु नगरेको बताउने उनको त्यही गल्तीले गर्दा दृष्टि गुमेकोमा पछुतो गर्दै बिलौना गर्दैथिए।

उच्च रक्तचाप हुँदा प्रायजसो विभिन्न लक्षण देखापर्छन्। टाउको दुख्ने, चक्कर आउने, ढुकढुक बढ्ने, सास फेर्न गाह्रोे हुने आदि लक्षण देखिन्छ। तर, कतिपय अवस्थामा कुनै पनि किसिमका लक्षण नदेखिने र अन्य समस्या (जस्तैः दाँत उखेल्नुपर्दा, अपरेशन गर्नुपर्दा वा त्यस्तै अन्य समस्या) का लागि जाँच गर्दा उच्च रक्तचाप देखिन्छ। 

फलस्वरुप आँखाको दृष्टि गुमेको अवस्था, दुवै मिर्गौला फेल भइसकेको अवस्था, मस्तिष्कघात भएर शरीरका केही भाग नचल्ने अवस्थामा बिरामी आइपुग्छन्। कतिपय अवस्थामा अचानक सास फेर्न गाह्रो भएर इमर्जेन्सीमा आइपुगेको पनि पाइन्छ। त्यसैले आफूलाई कुनै लक्षण नभए पनि यदि बारम्बार रक्तचाप बढ्ने गरेको छ भने जतिसक्दो छिटो उपचार सुरु गरेको राम्रो हो। कतिपय अवस्थामा मानिसको माथिको रक्तचाप २५० पुगेको अवस्थामा पनि कुनै लक्षण नदेखिने हुन सक्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

मुटुकै विभिन्न रोगहरु तथा अन्य कारणले मुटुको चालमा गडबडी आउन सक्छ। यस्ता गडबडी धेरै किसिमका हुन्छन्। कुनै प्रकारको गडबडीले ढुकढुकीको अनुभव गराउँछ तर अरु केही समस्या हुँदैन। केही प्रकारको ढुकढुकीको गडबडीले भने मानिसको तत्कालै मृत्यु सम्म हुन सक्छ। मुटुको चालको यस्तो खतरानाक गडबडी छ भने पहिला धेरैपटक केही क्षणका लागि चक्कर आउने, ढल्ने, बेहोस हुने जस्ता लक्षण देखिएको हुनुपर्छ। यस्ता खतरनाक गडबडी प्रायः मुटुभित्रकै समस्याले हुनेगर्छ। 

हृदयाघातपछि धेरै मानिसको मृत्यु यस्तै मुटुको चालको खतरनाक गडबडीका कारण हुन्छ। त्यसैले बेलाबेलामा ढुकढुकी बढ्ने समस्या छ भने त्यो के कारणले हो, कति खतरनाक हो भन्ने जाँचपड्ताल, परामर्श लिन जरुरी छ। यदि मुटुकै कारण हो र खतरा खालको हो भने पहिले नै नियमित औषधि सेवन गरेमा भविष्यमा हुनसक्ने जोखिमबाट टाढै रहन सकिन्छ।

‘ब्रुगाडा सिन्ड्रेम’ नामक एक प्रकारको समस्यामा मान्छेको सुतेकै अवस्थामा मृत्यु हुने, बेहोस भएपछि मृत्यु हुने गरेको पाइन्छ। यो समस्या विशेषगरी जवानहरुमा देखापर्छ। यस्तो समस्या जन्मजात हुन्छ। बारम्बार चक्कर आउने, बेहोस हुने पनि भइरहेको पाइन्छ। बिरामीको इसिजी गर्दा यो समस्या पहिचान गर्न सकिन्छ। यस्ता बिरामीको परिवारका अन्य सदस्यमा पनि यो समस्या हुनसक्छ। यदि कसैको परिवारमा जवान उमेरमै अन्य कुनै समस्या नरहेको, स्वस्थ देखिने मानिसको अचानक मृत्यु भएको छ भने, यसबारे खोजी गर्नु जरुरी हुन्छ। 

मुटुको चाल बढी हुने गडबडी पनि घातक हुन सक्छ भने आवश्यक भन्दा कम हुने समस्या पनि उत्तिकै खतरनाक हुन्छ। मुटुको चाल धेरै कम हुँदा अचानक चक्कर आउने, हिँड्दाहिँड्दै आँखा अगाडि कालो पर्दाजस्तो देखेर ढल्ने जस्ता लक्षण देखिन्छन्। मुटुको चाल कम हुने समस्याका लागि मुटुको चाल बढाउने ‘पेसमेकर’ राखेर उपचार गरिन्छ। अनावश्यक र खतराखालको गडबडी देखिनासाथ आफैं पत्ता लगाएर विद्युतीय तरंग दिएर ठिक गराउने ‘आइसिडी’जस्ता यन्त्र पनि प्रयोग गरिन्छ। 

Xtrem

Xtrem

‘डायलेटेड कार्डियोमायोप्याथी’ भनेको मुटुको मांसपेशीको रोग हो। यो रोगमा मुटुका मांसपेशीहरु कमजोर हुन्छन्। यस्तो समस्या छ भने साधारण एक्सरेमा पनि मुटुको आकार ठूलो देखिन्छ।

कोकार्डियोग्राफी जाँच गर्दा यो समस्या पत्ता लाग्छ। बच्चा होस् वा वृद्ध जुनै उमेरकालाई पनि हुनसक्ने यो समस्यामा केही बल पर्ने काम गर्दा, सिँढी फटाफट चढ्दा, दौडँदा, केही भारी कुरा उठाउँदा सास फेर्न गाह्रो हुने, ढुकढुकी बढ्ने लक्षण देखिन्छ। यस्ता बिरामीले केही क्षण आराम गरेपछि फेरि सामान्य हुने कुरा बताउँछन्। 

यस्ता बिरामीको पनि आवश्यक उपचार नगरेमा रगतमा अक्सिजनको मात्रा कम भई तथा मुटुको चालमा गडबडी आई तुरन्तै मृत्यु हुनसक्छ। तर समयमै उपचार गरे र नियमित औषधि सेवन गरे बिरामीले सामान्य जीवनयापन गर्न सक्छन्। 

हृदयाघातमा मानिसको छातीमा धेरै पीडा महसुस हुन्छ। तर, लामो समयसम्म सुगर, प्रेसरका कारण बिरामीको स्नायुप्रणालीमा पर्ने असरले शरीरका कुनै पनि भागको पीडा महसुस गर्ने क्षमतामा ह्रास आउन सक्छ। फलस्वरुप हृदयाघात हुँदा हुनुपर्ने जतिको पीडाभन्दा धेरै गुणा कम महसुस हुने, पीडा नै नहुने पनि हुन्छ। त्यसकै कारण मानिसको सुतेकै अवस्थामा मृत्यु हुने गरेको पाइन्छ। 

कहिलेकाहीँ हृदयाघातको पीडा छातीमा नभई, छाती र पेटको बीच भागमा हुने गर्छ। यसलाई धेरैले ‘ग्यास्ट्रिक हो’ भन्दै घरमै उपचार गरेर बस्छन्। घरायसी उपचारले ठीक नभएपछि अस्पताल आउँदा हृदयाघात भइसकेको घटना पनि धेरै भेटिन्छ। 

त्यसैले, अस्वभाविक रुपमा मुटुको ढुकढुक बढेको महसुस हुनु, अचानक छाती दुख्नु, सास फेर्न गाह्रो हुनु, चक्कर लाग्नु, ढल्नु आदि मुटुको समस्याका लक्षण हुन सक्छन् भन्ने बिर्सनु हुँदैन। त्यसबाहेक लामो समय खोकी लागिरहे, सास फेर्न गाह्रो भइरहे, फोक्सोको उपचार गर्दा पनि ठिक नभए मुटुको समस्या हुन सक्ने शंका गर्नुपर्छ। यस्ता समस्या आएमा सकेसम्म चाँडो चिकित्सककहाँ पुग्नुपर्छ। त्यसैले मुटुरोगले झुक्याउन सक्छ, बेलैमा जाँचपड्ताल गर्न नबिर्सौं।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  ०९:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्