काठमाडौं- प्रिमियम मोटरसाइकल ब्राण्ड केटिएमको नयाँ मोटरसाइकल केटिएम ३९० एडभेन्चर मोडल सार्वजनिक भएको छ। यो मोटरसाइकल सोमबारबाट बिक्री सुरु भएको कम्पनीले जनाएको छ।
केटिएमका मोटरसाइकल नेपाली बजारमा हंशराज हुलाशचन्द एण्ड कम्पनीले बिक्री गर्दै आएको छ। सोमबार उक्त मोटरसाइकल कम्पानीका निर्देशक अभिमन्यु गोल्छाले सार्वजनिक गरेका हुन्।
नेपालको एड्भेन्चर बाइकिङको उदाउँदो ‘टुरिङ कल्चर’मा केटिएम ३९० एड्भेन्चरले नयाँ परिभाषा दिने दाबी कम्पनीको छ। यसको ‘रेडी टु रेस’ मन्त्रका साथ केटिएमसँग मोटर स्पोर्टसहरूमा अतुलनीय इतिहास रहेको छ। डाकर र्याली नामक सबैभन्दा कठिन र्यालीमा केटिएमले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।
३९० एड्भेन्चरमा लाइटवेट ट्रलिस् फ्रेम चेसिस्, १७० एमएको डब्लुपीको लङ ट्राभल सस्पेन्सन रहेको छ। यसमा प्रिमियमको अनरोड तथा अफरोड दुवैमा सुहाउँदो मेटजेलरको नोबी टायर रहेको छ। त्यस्तै यसमा २ सय एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, लङ व्हीलवेस, विस्तारित विन्डसिल्ड र इन्जिनको लागि सुरक्षित बेस प्लेट रहेको छ।
यसमा सुपर मोटरसाइकलहरुमा हुने विशेषता जस्तै ट्राक्याक्सन कन्ट्रोल, कर्नेरिङ एबिएस, क्विकसिफ्टर रहेको छ। टर्न–बाइ–टर्न न्याभिगेशनको लागि स्मार्टफोन कनेक्टिभिटी र फूल–कलर टिएफटी डिस्प्लेको प्रयोगले यसलाई प्रिमियम बनाएको छ।
यस मोटरसाइकलमा ३७३ सिसी अत्यधुनिक डिओएचसी सिंगल सिलिन्डर इएफआई इन्जिन छ। यसमा रहेको राइड बाई वायरजस्ता इलेक्ट्रोनिक्सले ४३ बिएच पावर तथा ३७ एनएम टर्क जेनेरेट गर्छ।
३९० एड्भेञ्चरको मूल्य ९ लाख ९९ हजार ९ सय रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।