काठमाडौं- नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले दशैंतिहारलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ। सिजीले असोज ११ देखि पर्वोत्सव योजना सुरु गरिएको जानकारी दिएको हो।
यो योजना अन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बाराबरको नगद छुट, २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बीमा र गाडीका एक्सेसोरिज निशुल्क पाउन सक्ने सिजीले बताएको छ।
कुनै पनि व्यक्तिले अरुलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिई बिक्री कारोबार भएमा त्यस्ता सल्लाह दिनेलाई आकर्षक नगद पुरस्कारको समेत व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ।
यो योजना नेपालभरका सुजुकी गाडीका ३६ वटै सोरूममा लागू हुनेछ। सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन्।
सुजुकी ब्रान्डले अल्टो, एस्प्रेसो, सेलेरिओ एक्स्,वागेन आर, इग्निस, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज, ब्रेज्जा, एस्क्रस, एर्टिगा, एक्स्एल सिक्स, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री बितरण गर्दै आएको छ। यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।