काठमाडौं- लामो समयसम्म टिक्ने ब्याट्री र ट्रिपल क्यामेराका साथमा भिभो मोबाइलको वाई-२० मोडल बजारमा सार्वजनिक भएको छ। अनलाइन सपिङ सेवा प्रदायक कम्पनीमा दराजमा यो मोबाइल अर्डर गर्न सकिने भिभोले जानकारी दिएको छ।
यसमा साइड फिन्गरप्रिन्टका साथै १३ मेगापिक्सेल प्लस २ मेगापिक्सेल म्याक्रो क्यामेरा र २ मेगापिकक्सेल बोके फिचर रहेको बताइएको छ। यसबाट गुणस्तरीय तस्बिर खिच्न सकिन्छ भने फ्रन्ट क्यामेरासमेत ८ मेगापिक्सेलको रहको कम्पनीले जनाएको छ। मोबाइलको ब्याट्रीको क्षमता ५ हजार एमएएच रहेको छ।
यसमा आर्टिफिसिए इन्टेलिजेन्सले पावर सेभ गर्नेसमेत कम्पनीको दाबी छ। यसको साइड–माउन्टेड फिन्गरप्रिन्ट स्क्यानरले एक सेकेन्डभन्दा पनि कम सयमामा अनलक गर्ने बताइएको छ।
हल्का वजन, पातलो र आकर्षक २.५ डी आकारमा रहेको यो स्मार्टफोन दुई रङ ओबसिडियन ब्ल्याक र नेबुला ब्लुमा उपलब्ध छ।
स्मार्टफोनमा साढे ६ इन्चको डिस्प्ले रहेको छ। क्वालकम स्न्याप ड्रागन प्रोसेसरका साथमा ३ जिबी र्याम र ६४ जबी रोम क्षमता रहेको बताइएको छ। यसमा २५६ जिबी सम्मका माइक्रो मेमोरी कार्ड राख्न सकिन्छ। यसको मूल्य २० हजार ९९० रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।