काठमाडौं–नविल बैंकले डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्नका लागि ‘नबिल ग्रिन पिन’ सेवा सुरु गरेको छ। बैंकले याे सेवामार्फत् आफ्ना नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पूराना ग्राहकहरुलाई बिर्सिएको पिन आफैंले रिसेट गर्ने सुविधा दिएको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले अब ग्राहकहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सिएमा बैंक शाखामा गएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु नपर्ने बताए। ‘अब ग्राहकहरुले नजिकैको नबिल बैंकको एटिएमबाट सहजै आफैंले पिन रिसेट गर्न सक्नेछन्,’ उनले भने।
‘ग्रिन पिन’मार्फत् पिन सेट अथवा रिसेट गर्न ग्राहकहरुले नजिकैको नबिल बैंकको एटिएममा गई कार्ड मेसिनमा राखेर ‘जेनेरेट ओटिपि फर पिन’ छान्नुपर्नेछ। ग्राहकहरुले बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको ओटिपी प्राप्त हुनेछ। त्यसपछि ‘इन्टर ओटिपी टु चेन्ज योर फिन’ मेनु छनोट गरि प्राप्त भएको ओटिपी राखेर पिन सेट अथवा रिसेट गर्न सकिनेछ।
बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले यो सेवामार्फत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागज र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउदै वातावरणमैत्री बनाउने बताए। विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको समयमा यसरी जुनसुकै स्थान र समयमा पिन सेट तथा रिसेट गर्न सकिने सुविधाले ग्राहकहरुलाई सुरक्षित र सहज सेवा प्राप्त हुने बैंकले अपेक्षा छ।
बैंकका हाल देशभर ११९ शाखा र १८५ एटिएम काउण्टरहरु छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।