काठमाडाैं- फोर्स मोटर्सको आयातकर्ता हिमालय अर्गनाइजेसन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टलले फोर्स दशैं आशिर्वाद उपहार योजना ल्याएको छ। दशैं र तिहारको अवसरमा फोर्स दशैं आशिर्वाद उपहार योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
यो अफर अन्तर्गत फोर्स मोटर्सको १४ सिट क्षमता भएको ट्राक्स क्रुजर जीप खरिदमा ९ महिनासम्म किस्ता र व्याज तिर्न नपर्ने व्यवस्था गरिएको छ। यसका साथै ९ लाख मात्र डाउनपेमेन्टमा गाडी खरिद गर्न सकिने अथवा स्क्र्याच कुपन मार्फत २ लाखदेखि १० लाखसम्म नगद मध्ये कुनै एक अफर रोज्न सकिने योजना रहेको अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले बताए।
यसै गरी ट्राक्स कार्गोकिङ पिकअपको खरिदमा ८ महिनासम्म किस्ता ब्याज तिर्न नपर्ने अफर फोर्सले ल्याएको छ। यसका साथै ५ लाख ५० हजार मात्र डाउन पेमेन्टमा गाडी खरिद गर्न सकिने वा कुपन मार्फत रु १ देखि ५ लाख सम्म पक्का नगद मध्ये कुनै एक अफर रोजेर लिन सकिनेछ।
त्यस्तै २६ सिट क्षमता भएको ट्राभलर टी २ मिनीबसको खरिदमा ७ महिनासम्म किस्ता ब्याज तिर्न नपर्ने अफर छ। यो गाडीमा १२ लाख मात्र डाउन पेमेन्टमा गाडी लिन सकिने अथवा स्क्र्याच कुपन मार्फत २ देखि ६ लाखसम्म पाउनेमध्ये एक अफर रोजेर लिन सकिने सुविधा रहेको कम्पनीले जनाएको छ।
आयामले काठमाडौंको गैह्रीधारा, पोखराको चाउथे, सुनसरीको इटहरी, मकवानपुरको हेटौडामा आफ्नै शोरुम संचालनमा ल्याएको छ। स्थानीय डिलरको रुपमा चितवनको भरतपुर, झापाको विर्तामोड, धनुषाको जनकपुरका डिलरमार्फत फोर्सका विभिन्न मोडेलका गाडीहरु बिक्रि गरिरहेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।