काठमाडौं–सरकारले एसिड आक्रमणविरुद्धको कानुनका लागि अध्यादेश ल्याउने भएको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमणविरुद्ध अध्यादेश ल्याउने निर्णय गरेको हो। फास्ट ट्रयाकबाट अध्यादेश ल्याउने सरकारको तयारी छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २५ गते देशैभरबाट एसिड आक्रमणमा परेका १२ जना पीडितहरू सहभागी कार्यक्रममा बोल्दै एसिड आक्रमणका दोषीलाई कारबाही गर्न १५ दिनभित्र कानुनी मस्यौदा तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
यसअघि सरकारले एसिड आक्रमणमा परी घाइते भएका सबैको जीवनभरको सबै उपचार सरकारले गर्ने निर्णय गरेको थियो। यस्तै एसिड आक्रमणमा परी घाइते भएकाहरूका लागि निःशुल्क शिक्षा उपलब्ध गराउने समेत निर्णय सरकारको छ।
सरकारले भदौ २५ लाई एसिड आक्रमण विरुद्दको जागरण अभियान दिवसका रूपमा मनाउनेसमेत निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।