Samsung Content Block Ad Samsung Content Block Ad
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस १६, २०८२ Wed, Dec 31, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

सिजी मोटोकर्पको बदमासी : आफैँ फाइनान्स गरी कपाली तमसुक गर्दै गाडी बिक्री

64x64
शिव बोहरा बिहीबार, असोज ८, २०७७  १७:०९
1140x725
सिजीले नेपालमा भित्र्याएको मारुती सुजुकीको भिटारा ब्रेज्जा मोडलको कार। सिजीले कार बिक्री गर्दा गैरकानुनी रूपमा आफै फाइनान्सिङ उपलब्ध गराउँदै आएको छ। तस्बिर : सिजी मोटोकर्प

काठमाडौं- सिजी मोटोकर्पले हायर पर्चेज कम्पनी नै दर्ता नगरी ‘इन हाउस फाइनान्स’ गरेर बिक्री गरिएका गाडी उपभोक्ताको नाममा नामसारी नगरेको पाइएको छ। कम्पनीले खरिदकर्तासँग कागज गर्ने र ऋण चुक्ता भएपछि मात्र नामसारी गरिदिने सम्झौता गरी कार बिक्री गर्दै आएको भेटिएको हो। 

वित्तीय कारोबार गर्नका लागि राष्ट्र बैंकबाट अनुमति नै नलिई गैरकानुनी काम गरेको सिजी मोटोकर्पले उपभोक्तालाई तमसुक गरेर कार दिने गरेको तथ्य भेटिएको छ। बैंकबाट लिइने कर्जामा उपभोक्ता ऋणीको रूपमा हुने गरेका छन्, तर सिजी मोटोकर्पले गर्ने 'इन हाउस फाइनान्स'मा ऋणीको नाम सिजी मोटोकर्प नै लेखेर अर्को सामान्य कागजमा गाडी खरिद गरेको सम्झौता उपभोक्तालाई दिने गरेको पाइएको हो।

कम्पनीले यसलाई कागज गरेर गाडी नदिइएको दाबी गरेको छ। कम्पनीले राष्ट्र बैंकको नियमअनुसार ५० प्रतिशत डाउनपेमेन्ट गरेर कार खरिद गर्न नसक्नेलाई सहजीकरण गर्न आन्तरिक हिसाबले २० प्रतिशत डाउनपेमेन्टमा गाडी दिएको सिजी मोटोकर्पमा फाइनान्स हेर्ने सुमन थपलियाले दाबी गरे। 

‘हामीले व्यापार गरेका हौं। असहज भएका उपभोक्तालाई सहज बनाउन ऋण दिएका छौं,’ थपलियाले भने, ‘हामीले नै लगानी गरेपछि गाडी हाम्रै नाममा हुनु स्वभाविक हो। कर्जा भुक्तानी भएपछि खरिदकर्ताको नाममा नामसारी गरिदिन्छौं।’ 

आयातकर्ताकै गाडी र उसले नै लगानी गरेकाले उपभोक्तालाई किन्ने बित्तिकै गाडी नामसारी गर्न नसकिने उनले बताए। 

Ncell 2
Ncell 2

निजी प्रयोजनका चारपांग्रे सवारीमा ५० प्रतिशत डाउनपेमेन्ट गरेर ५० प्रतिशत मात्र कर्जा प्रदान गर्न पाइने प्रावधान राष्ट्र बैंकले गरेको छ। तर सिजी मोटोकर्पले राष्ट्र बैंकबाट अनुमति नै नलिइ इन हाउस फाइनान्सको नाममा २० देखि २५ प्रतिशत डाउनपेमेन्टमै कार बिक्री गर्दै आएको छ। 

सिजी मोटोकर्पले काठमाडौं जिल्लाका लागि तोकेको डिलरमा गएर बुझ्दा उनीहरुले सकेसम्म बैंकबाट नै फाइनान्स गर्न सुझाव दिने गरेका छन्। तर उपभोक्ताले आफूसँग ५० प्रतिशत डाउनपेमेन्ट गर्न पर्याप्त रकम छैन भनेपछि 'त्यसो हो भने सिजी मोटोकर्पको इन हाउस फाइनान्स पनि छ त्यसबाट सुविधा लिन सकिन्छ' भनेर डिलरहरुले बताउने गरेका छन्। त्यसरी गरिने इन हाउस फाइनान्सको ब्याजदर १२ प्रतिशतसम्म छ।

यो पनि पढ्नुहोस्

सिजी मोटोकर्पको गैरकानुनी ‘इन हाउस फाइनान्सिङ’, ८ देखि १२ प्रतिशतसम्म ब्याज असुलीमंगलबार, असोज ६, २०७७

राष्ट्र बैंकले अघिल्लो वर्षको मौद्रिक नीतिमा निजी सवारीमा दिइने कर्जामा ५० प्रतिशतको सीमा तोकेको थियो। चालू आर्थिक वर्षको मौद्रिक नीतिले पुरानै व्यवस्थालाई निरन्तरता दिएको छ। सिजी मोटोकर्पले भने दर्ता नै नभएको आफ्नै सिजी फाइनान्सको नामबाट ८० प्रतिशतसम्म अटो लोन प्रदान गरिरहेको छ।

यसरी चर्को ब्याज तिरेर कार किनिसकेपछि उपभोक्ताले आफ्नो नाममा गाडी पाउँदैनन्। उपभोक्ताले गाडी आफ्नो नाममा पाउन कति अवधिका लागि ऋण लिने गरि कागज गरेको हो त्यो चुक्ता गर्नुपर्ने सर्त सिजी मोटोकर्पले गाडी बिक्री गर्दा राख्ने गरेको छ। 

सिजी फाइनान्सले उपभोक्तालाई सवारी कर्जा दिएबापत ८ देखि १२ प्रतिशतसम्म ब्याज असुल्दै आएको छ। सिजी मोटोकर्पले आफूसँग भएको अकुत रकम हायर एन्ड पर्चेज कम्पनी दर्ता नै नगरी कर्जा दिँदै आएको छ। त्यसैले उसले तोक्ने ब्याजसमेत मनमौजी छ।

तर सिजी मोटोकर्पका फाइनान्स हेर्ने थपलिया भन्छन्, ‘हामीले प्रतिस्पर्धी हिसाबमा ब्याज तोकेका छौं। ब्याजदर तोक्ने त नियामकले नभइ बैंकले गरेजस्तै हामीले पनि उचित ब्याज तोकेका हौं।’ 

सिजी मोटोकर्पले सवारी खरिदसम्बन्धी सबै कागजात आफैंसँग राखेर बैंक तथा वित्तीय संस्थाको परिकल्पना नभएको समयमा ऋण लिने शैली ‘कपाली तमसुक’ गराएर कार बिक्री गर्दै आएको छ। यो कानुनी युगमा समेत तमसुक गराएर ऋण दिइन्छ भन्ने देखिएको छ। 

प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  १७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
निर्धारित समयमै चुनाव हुनुपर्नेमा डा. बाबुराम भट्टराईको जोड बुधबार, पुस १६, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
राजतन्त्रको एजेन्डा केही स्वार्थ समूहको खेती मात्र : भट्टराई बुधबार, पुस १६, २०८२
सङ्घीय सरकारविरुद्ध मधेस सरकारले दिएको रिटमा आज पेसी बुधबार, पुस १६, २०८२
२४ घण्टापछि महेन्द्र राजमार्गमा यातायात सञ्चालन बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्