• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

सिजी मोटोकर्पको गैरकानुनी ‘इन हाउस फाइनान्सिङ’, ८ देखि १२ प्रतिशतसम्म ब्याज असुली

उपभोक्ताबाट ०.७५ सेवा शुल्कको अतिरिक्त थप ५ हजार रूपैयाँ असुल्दै
64x64
शिव बोहरा मंगलबार, असोज ६, २०७७  १८:०९
1140x725
सिजी मोटोकर्प (ब्याकग्राउन्डमा)। तस्बिर: नेपाल ड्राइभ्स। सिजीले आयात गरेको सुजुकी स्विफ्ट कार (इन्साइटमा)

काठमाडौं- चौधरी ग्रुपअन्तर्गतको सिजी मोटोकर्पले हायर पर्चेज कम्पनी नै दर्ता नगरी ‘सिजी फाइनान्स’को नाममा सवारी कर्जा दिएको फेला परेको छ। सिजी मोटोकर्पले सबैजसो डिलरमार्फत् 'इन हाउस फाइनान्स'को सुविधा दिएर उपभोक्ताबाट चर्को ब्याज असुल्दै 'अटो लोन' दिएको पाइएको हो। 

सिजी मोटोकर्प मारुती सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता र चौधरी समूहको एक कम्पनी हो। निजी प्रयोजनका चारपांग्रे सवारीमा ५० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी ५० प्रतिशत मात्र ऋण दिन पाइने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ। तर सिजी मोटोकर्पले राष्ट्र बैंकबाट अनुमति नै नलिई 'इन हाउस फाइनान्स'को नाममा २० देखि २५ प्रतिशत डाउनपेमेन्टमै कार बिक्री गर्दै आएको पाइएको हो। 

यसबारेमा जिज्ञासा राख्दा चौधरी ग्रुपका कार्यकारी निर्देशक करण चौधरीले सिजी फाइनान्स भन्ने कम्पनी नै नभएको बताए। ‘हामीसँग फाइनान्स कम्पनी नै छैन। त्यसैले हामीले त्यस्तो फाइनान्स गरेका छैनौं,’ उनले भने।

सिजी मोटोकर्पले काठमाडौं जिल्लाका लागि तोकेको डिलरमा गएर बुझ्दा उनीहरूले सकेसम्म बैंकबाट नै फाइनान्स गर्न र नियमानुसार डाउन पेमेन्ट तिर्न नसक्ने भए सिजीकै 'इन हाउस' फाइनान्सबाट ऋण लिन ग्राहकलाई आग्रह गर्ने गरेका छन्। 

‘यदि तपाईंहरू ५० प्रतिशत डाउन पेमेन्ट गर्न सक्नुहुन्न भने हाम्रो इन हाउस फाइनान्स पनि छ। त्यसबाट सुविधा लिन सक्नुहुन्छ,’ काठमाडौंका एक डिलरले भने, ‘तर इन हाउस फाइनान्सको ब्याजदर चाहिँ केही महँगो छ। कति समयको फाइनान्स गर्नुहुन्छ त्यहीअनुसार ८ देखि १२ प्रतिशतसम्म ब्याजदर लाग्छ।’ त्यसरी फाइनान्स गर्नका लागि २० देखि २५ प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने ती डिलरहरूको भनाइ छ।

Ncell 2
Ncell 2

राष्ट्र बैंकले अघिल्लो वर्षको मौद्रिक नीतिमा निजी सवारीमा दिइने कर्जामा ५० प्रतिशतको सीमा तोकेको थियो। चालू आर्थिक वर्षको मौद्रिक नीतिले पुरानै व्यवस्थालाई निरन्तरता दिएको छ। सिजी मोटोकर्पले भने दर्ता नै नभएको आफ्नै सिजी फाइनान्सको नामबाट ८० प्रतिशतसम्म अटो लोन प्रदान गरिरहेको छ।

सवारी खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकबाट अनुमति लिनै पर्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले जानकारी दिए। उनले भने, ‘यदि कुनै पनि अटोमोबाइल बिक्रेताले नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई हायर पर्चेज कर्जा प्रवाह गरेको छ भने त्यो गैरकानुनी हो।’ 

कम्पनीले आफैँसँग भएको रकम वा अन्य प्रयोजनका लागि बैंकबाट लिएको रकमबाट आफू खुसी ब्याजदर निर्धारण गरि ‘इन हाउस’ फाइनान्सबाट कर्जा प्रवाह गर्दै आएको छ। यसरी कर्जा प्रवाह गर्नु समेत गैरकानुनी भएको राष्ट्र बैंकको भनाइ छ। 

उपभोक्ताबाट ०.७५ सेवा शुल्कको अतिरिक्त थप ५ हजार असुल्दै
सिजी मोटोकर्पले कार खरिद गर्ने उपभोक्ताबाट सेवा शुल्कका साथै अतिरिक्त शुल्कसमेत असुलेको पाइएको छ। कम्पनीले कार खरिद गर्ने उपभोक्ताबाट मूल्यको ०.७५ प्रतिशत सेवा शुल्क लिँदै आएको छ। त्यसका अलावा कोरोना महामारीको समयमा कार किन्न आउने उपभोक्ताबाट सिजी मोटोकर्पले लोकेशन भिजिटको नाममा थप ५ हजार रूपैयाँ अतिरिक्त पैसा असुल्दै आएको छ। उक्त रकम धितो हेर्न जान लाल्ने शुल्कका रुपमा लिएको हो।

उपभोक्ताबाट लिइएको ५ हजार शुल्क अतिरिक्त नभई फिल्ड भिजिटका लागि लिइएको सिजीको फाइनान्स हेर्दै आएका सुमन थपलियाले बताए। ‘हामीले उपभोक्ताबाट सेवा शुल्क नभइ प्रोसेसिङ एन्ड ह्यान्डलिङ शुल्कका रूपमा ०.७५ प्रतिशत लिएका हौँ,’ उनले भने, ‘पाँच हजार रूपैयाँ भने उपभोक्ताको सम्पत्तिको अवस्था हेर्न जाँदा लाग्ने खर्च लिइएको हो।’ यो शुल्क गाडी खरिद गर्नेहरुसँग मात्र लिइँदै आएको उनको भनाइ छ। 

नाम जे दिएपनि सिजी मोटोकर्पले लिएको ०.७५ प्रतिशत सेवा शुल्क नै हो। सिजी आफैँले मनमौजीरूपमा कार खरिदकर्ताको सम्पत्ति मूल्यांकन गरेर कर्जा दिने गरेको छ। सिजी मोटोकर्पले ३ वर्षभन्दा अघिदेखि इन हाउस फाइनान्स गर्दै आएको छ। 

कम्पनीले अहिलेसम्म गरेको गैरकानुनी कारोबारका विषयमा भने केन्द्रीय बैंक बेखबर जस्तै देखिएको छ। राष्ट्र बैंकका प्रवक्ता भट्टले यस्ता कारोबार कानुन विपरीत हुने भएकाले छानबिन हुने बताए। 

प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  १८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्