• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

सिजी मोटोकर्पको गैरकानुनी ‘इन हाउस फाइनान्सिङ’, ८ देखि १२ प्रतिशतसम्म ब्याज असुली

उपभोक्ताबाट ०.७५ सेवा शुल्कको अतिरिक्त थप ५ हजार रूपैयाँ असुल्दै
64x64
शिव बोहरा मंगलबार, असोज ६, २०७७  १८:०९
1140x725
सिजी मोटोकर्प (ब्याकग्राउन्डमा)। तस्बिर: नेपाल ड्राइभ्स। सिजीले आयात गरेको सुजुकी स्विफ्ट कार (इन्साइटमा)

काठमाडौं- चौधरी ग्रुपअन्तर्गतको सिजी मोटोकर्पले हायर पर्चेज कम्पनी नै दर्ता नगरी ‘सिजी फाइनान्स’को नाममा सवारी कर्जा दिएको फेला परेको छ। सिजी मोटोकर्पले सबैजसो डिलरमार्फत् 'इन हाउस फाइनान्स'को सुविधा दिएर उपभोक्ताबाट चर्को ब्याज असुल्दै 'अटो लोन' दिएको पाइएको हो। 

सिजी मोटोकर्प मारुती सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता र चौधरी समूहको एक कम्पनी हो। निजी प्रयोजनका चारपांग्रे सवारीमा ५० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी ५० प्रतिशत मात्र ऋण दिन पाइने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ। तर सिजी मोटोकर्पले राष्ट्र बैंकबाट अनुमति नै नलिई 'इन हाउस फाइनान्स'को नाममा २० देखि २५ प्रतिशत डाउनपेमेन्टमै कार बिक्री गर्दै आएको पाइएको हो। 

यसबारेमा जिज्ञासा राख्दा चौधरी ग्रुपका कार्यकारी निर्देशक करण चौधरीले सिजी फाइनान्स भन्ने कम्पनी नै नभएको बताए। ‘हामीसँग फाइनान्स कम्पनी नै छैन। त्यसैले हामीले त्यस्तो फाइनान्स गरेका छैनौं,’ उनले भने।

सिजी मोटोकर्पले काठमाडौं जिल्लाका लागि तोकेको डिलरमा गएर बुझ्दा उनीहरूले सकेसम्म बैंकबाट नै फाइनान्स गर्न र नियमानुसार डाउन पेमेन्ट तिर्न नसक्ने भए सिजीकै 'इन हाउस' फाइनान्सबाट ऋण लिन ग्राहकलाई आग्रह गर्ने गरेका छन्। 

‘यदि तपाईंहरू ५० प्रतिशत डाउन पेमेन्ट गर्न सक्नुहुन्न भने हाम्रो इन हाउस फाइनान्स पनि छ। त्यसबाट सुविधा लिन सक्नुहुन्छ,’ काठमाडौंका एक डिलरले भने, ‘तर इन हाउस फाइनान्सको ब्याजदर चाहिँ केही महँगो छ। कति समयको फाइनान्स गर्नुहुन्छ त्यहीअनुसार ८ देखि १२ प्रतिशतसम्म ब्याजदर लाग्छ।’ त्यसरी फाइनान्स गर्नका लागि २० देखि २५ प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने ती डिलरहरूको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्र बैंकले अघिल्लो वर्षको मौद्रिक नीतिमा निजी सवारीमा दिइने कर्जामा ५० प्रतिशतको सीमा तोकेको थियो। चालू आर्थिक वर्षको मौद्रिक नीतिले पुरानै व्यवस्थालाई निरन्तरता दिएको छ। सिजी मोटोकर्पले भने दर्ता नै नभएको आफ्नै सिजी फाइनान्सको नामबाट ८० प्रतिशतसम्म अटो लोन प्रदान गरिरहेको छ।

सवारी खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकबाट अनुमति लिनै पर्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले जानकारी दिए। उनले भने, ‘यदि कुनै पनि अटोमोबाइल बिक्रेताले नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई हायर पर्चेज कर्जा प्रवाह गरेको छ भने त्यो गैरकानुनी हो।’ 

कम्पनीले आफैँसँग भएको रकम वा अन्य प्रयोजनका लागि बैंकबाट लिएको रकमबाट आफू खुसी ब्याजदर निर्धारण गरि ‘इन हाउस’ फाइनान्सबाट कर्जा प्रवाह गर्दै आएको छ। यसरी कर्जा प्रवाह गर्नु समेत गैरकानुनी भएको राष्ट्र बैंकको भनाइ छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उपभोक्ताबाट ०.७५ सेवा शुल्कको अतिरिक्त थप ५ हजार असुल्दै
सिजी मोटोकर्पले कार खरिद गर्ने उपभोक्ताबाट सेवा शुल्कका साथै अतिरिक्त शुल्कसमेत असुलेको पाइएको छ। कम्पनीले कार खरिद गर्ने उपभोक्ताबाट मूल्यको ०.७५ प्रतिशत सेवा शुल्क लिँदै आएको छ। त्यसका अलावा कोरोना महामारीको समयमा कार किन्न आउने उपभोक्ताबाट सिजी मोटोकर्पले लोकेशन भिजिटको नाममा थप ५ हजार रूपैयाँ अतिरिक्त पैसा असुल्दै आएको छ। उक्त रकम धितो हेर्न जान लाल्ने शुल्कका रुपमा लिएको हो।

उपभोक्ताबाट लिइएको ५ हजार शुल्क अतिरिक्त नभई फिल्ड भिजिटका लागि लिइएको सिजीको फाइनान्स हेर्दै आएका सुमन थपलियाले बताए। ‘हामीले उपभोक्ताबाट सेवा शुल्क नभइ प्रोसेसिङ एन्ड ह्यान्डलिङ शुल्कका रूपमा ०.७५ प्रतिशत लिएका हौँ,’ उनले भने, ‘पाँच हजार रूपैयाँ भने उपभोक्ताको सम्पत्तिको अवस्था हेर्न जाँदा लाग्ने खर्च लिइएको हो।’ यो शुल्क गाडी खरिद गर्नेहरुसँग मात्र लिइँदै आएको उनको भनाइ छ। 

नाम जे दिएपनि सिजी मोटोकर्पले लिएको ०.७५ प्रतिशत सेवा शुल्क नै हो। सिजी आफैँले मनमौजीरूपमा कार खरिदकर्ताको सम्पत्ति मूल्यांकन गरेर कर्जा दिने गरेको छ। सिजी मोटोकर्पले ३ वर्षभन्दा अघिदेखि इन हाउस फाइनान्स गर्दै आएको छ। 

कम्पनीले अहिलेसम्म गरेको गैरकानुनी कारोबारका विषयमा भने केन्द्रीय बैंक बेखबर जस्तै देखिएको छ। राष्ट्र बैंकका प्रवक्ता भट्टले यस्ता कारोबार कानुन विपरीत हुने भएकाले छानबिन हुने बताए। 

प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  १८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्