काठमाडौं- चन्द्रागिरि हिल्स लिमिटेडले दसैँ तिहारको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ। चन्द्रागिरी हिल्स लिमिटेडद्वारा प्रवर्द्धित चन्द्रागिरी केवलकारमा ५० प्रतिशत छुट र चन्द्रागिरी हिल्स रिसोर्टमा ६ हजार ५००(छ हजार पाँच सय मात्र) रूपैयाँमा एक जोडिका लागि ब्रेकफास्ट र डिलक्स रुमसहतिको प्याकेज सार्वजनिक गरेको छ।
यो अफर बुधबारदेखि लागू भई मंसिर १५ गतेसम्मका लागि मान्य हुने चन्द्रागिरी हिल्सले जनाएको छ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरी डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिर्सोटलगायतका पूर्वाधार निर्माण गरेर यस डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।