काठमाडौं- ‘नाडा अटो शो २०१८’ मा पहिलो पटक सार्वजनिक भएको टिभिएस एनटर्क १२५ छोटो समयमै नेपालमा सर्वाधिक सफल स्कुटरको रुपमा स्थापित भएको छ। जगदम्बा मोटर्सले बुधबार भर्चुअल कार्यक्रम गर्दै टिभिएस एनटर्क १२५ नेपालमा सर्वाधिक सफल स्कुटर बन्न सफल भएको जानएको छ। उक्त भर्चुअल कार्यक्रममा टिभिएस एनटर्क १२५ का ब्राण्ड एम्बेसेडर अभिनेता प्रदीप खड्का र अभिनेत्री स्वस्तिमा खड्कासमेत सहभागी थिए।
ग्राहकका इच्छा र चाहाना अनुरुप यसले प्रदर्शन गर्न सकेका कारण यसले छोटो समयमा नेपालमा सफलता प्राप्त गरेको छ। जगदम्बा मोटर्सले नेपालमा नै पहिलो स्मार्ट कनेक्टसहितको पावरफुल स्कुटर भित्र्याएको थियो। हाल यो स्कुटर विभिन्न ३ भेरियन्टमा उपलब्ध रहेको छ। ड्रम ब्रेक, डिस्क ब्रेक र रेश एडिसन गरी तीन भेरियन्टमा रहेको यो स्कुटर महिला वर्गमा मात्र होइन युवा तथा जुनसुकै उमेर समूहका चालकलाई सुहाउँदो रहेको छ।
भारतमा स्कुटर अफ दि इयर अवार्ड, अटो कार अर्वाड, वेष्ट कम्युटर टु ह्वीलर अवार्डजस्ता विभिन्न अवार्ड जित्न सफल रहेको एनटर्क रेसिङ डिएनएबाट प्रेरित रहेको छ। नेपालमा १२५ सिसी सेग्मेन्टमा सर्वाधिक सफल स्कुटर एनटर्क १२५ सेग्मेन्टका अन्य स्कुटरको तुलनामा धेरै फिचर, बढी पावर तथा आर्कषक आवरणका कारण चर्चामा रहँदै आएको छ।
एनटर्क १२५ को सफलताबारे जगदम्बा मोटर्सका भाइस प्रसिडेन्ट दिपक अग्रवालले सेग्मेन्टमै सर्वाधिक फिचर र टिभिएसको नयाँ डिजाइनले एनटर्क १२५ लाई सफल बनाएको बताए। यसमा रहेका हरेक फिचर चालकलाई सहज बनाउन सहयोग गर्ने किसिमका छन्।
यसको पावर र डिजाइनले जो कोहीलाई सहजै लोभ्याउने किसिमको रहेको उनले भनाइ छ।
एनटर्क १२५ मा १२४.७ सिसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ। यसले ९.५ पिएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ। यो पावर फिगर अन्य प्रतिस्पर्धी १२५ सिसीको भन्दा केहि धेरै र १५० सिसीभन्दा केहि मात्र कम हो। यसको पावर तथा स्मार्ट कनेन्ट फिचरले एनटर्कलाई छोटो समयमा नेपलाको नम्बर १ स्कुटर बन्न सफल भएको छ।
यससँगै दसैं तिहारलाई लक्षित गर्दै कम्पनीले ‘टिभिएस दसैंको आशा’ योजना पनि ल्याएको छ। ग्राहकहरुले टिभिएस मोटरसाइकलकको खरिदमा ९ हजार नगद छुट पाउनेछन् भने स्कुटरको खरिदमा ७ हजार नगद छुट पाउनेछन्।
साथै ग्राहकहरुले शून्य प्रतिशत ब्याजमा फाइनान्सको सुविधा पनि पाउँन सक्नेछन् र एक जना ग्राहकले लक्की ड्रमार्फत् आरआर ३१० मोटरसाइकल पनि जित्न सक्नेछन्। यो योजना देशभरका टिभिएसको सोरुमहरुमा उपलब्ध हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।