काठमाडौं- कोरियाली सवारी उत्पादक कम्पनी स्याङयोङको नेपालका लागिा आधिकारिक बिक्रेता स्याङयोङ सुपर डिस्काउन्ट अफर सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत स्याङयोङका गाडी किन्दा तीन लाखसम्म छुट पाउन सकिने विक्रेताले जानकारी दिएको छ।
कोरियन लक्जरी एसयुभी र एक्सएलभी गाडी किन्दा ग्राहकले ३ लाख छुट प्राप्त गर्न सक्ने बताइएको छ। साथै, आफ्ना पुराना गाडी टिभोली र एक्सएलभीसँग एक्सचेन्ज गरे २ लाख एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ। यसरी गाडी किन्ने ग्राहक कोभिड वारियर्स (डाक्टर, नर्स, स्वास्थ्यकमी र प्रहरी) भए थप १ लाख डिस्काउन्ट दिइनेछ।
यसका साथै आइएमएस मोटर्सले, स्याङयोङका ग्राहकलाई एक वर्ष निःशुल्क बिमा,.२५ हजार बराबरको निःशुल्क एक्सेसरिज, सात वर्ष सजिलो फाइनान्सको सुविधा दिने भएको छ। यसका साथै यी गाडीमा तीन वर्ष वारेन्टी, ४ पटकसम्म निशुल्क सर्भिसिङसमे उपलब्ध गराउने जानकारी कम्पनीले दिएको छ।
यो अफर २०७७ साल असोज ७ गते देखि असोज २० गते सम्ममात्र हुने कम्पनीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।