काठमाडौं- नेपालका लागि कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाको सब कम्प्याक्ट एसयुभी सोनेट नेपालमा भित्र्याएको छ। शुक्रबार नेपाली बजारमा सार्वजनिक गरिएको सोनेट कारको सुरुवाती मूल्य ३५ लाख ९० हजार रहेको विक्रेताले जानकारी दिएको छ। भारतमा निर्मित कियाको सेल्टोस र कार्निभल लक्जरी एमपिभीपछिको सोनेट तेस्रो मोडलको गाडी हो।
किया सोनेटको बेस एचटिई भेरियन्टको सुरुआती मूल्य ३५ लाख ९० हजार रुपैयाँ तोकिएको भएपनि थप सुविधाका आधारमा जिटिएक्सप्लस भेरियन्टको मूल्य ६५ लाख ९० हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ।
विशेषता
सात वटासम्म रङमा उपलब्ध हुने किया सोनेटमा तीनवटा डुअल–टोन कलर थिम रहेको छ। उपलब्ध रंगको संख्या अर्डर बढेसँगै थप हुन सक्ने समेत कम्पनीले जनाएको छ। एचटिई, एचटिके भेरियन्ट क्लियर ह्वाइट, स्टिल सिल्भर, ग्रेभिटी ग्रे र इन्टेन्स रातो रङमा उपलब्ध छन् भने एचटिकेप्लस र एचटिएक्स भेरियन्ट 'अरोरा ब्ल्याक', 'बेस गोल्ड' र 'इन्टेलिजेन्स ब्लु' रङमा उपलब्ध छ।
यी गाडीमा ग्रिल, ढोका, बम्पर र ब्रेक कालिपर्समा विभिन्न रेड एक्सेन्ट्सहरु रहेको बताइएको छ। १०.२५ इन्चको एचडी इन्फोटेनमेन्ट स्क्रिन, युभिओ कनेक्टिभिटी अप्सन, सब–उफरसहितको ७ वटा स्पिकर, एलइडी साउन्ड मुड ल्याम्प, कुलिङ फंसन्ससहितको वायरलेस स्मार्टफोन चार्जर, भेन्टिलेटेड फ्रन्ट सिट, एयर प्युरिफायर लगायत विशेषता छन्। ६ वटा एयरब्याग, इबिडी सहितको एबिएस, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट कन्ट्रोल र ब्रेक असिस्ट लगायत विशेषता यो गाडीमा उपलब्ध छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।