काठमाडौं- नेपालका लागि हुन्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ क्रेटा सार्वजनिक गरेको छ।कम्पनीले नयाँ क्रेटालाई ‘दि अल्टिमेट एसयुभी’ भनेको छ। कम्पनीले नयाँ क्रेटा भर्चुअल माध्यमबाट सोमबार सार्वजनिक गरेको हो।
नयाँ क्रेटाबारे बोल्दै लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक रूपेश शर्मा भट्टले वर्षौदेखि हुन्डाई क्रेटाले नयाँ स्तर कायम गर्दै नेपालमा पाँच हजारभन्दा धेरै बिक्री भइरहेको बताए।
‘अब क्रेटाले फेरि नयाँ पहिचान कायम गर्ने अवसर आएको र नयाँ क्रेटा दि अल्टिमेट एसयुभीले ग्राहकबीच आकर्षण बढाउनुको साथै नयाँ युगका प्रयोगकर्ताहरुको आकांक्षा पूरा गर्ने विश्वास कम्पनीको छ,’ उनले भने।
सन् २०१५ मा सार्वजनिक गरिएको क्रेटाले एसयुभीलाई परिचित नाम बनाएको छ। यसको अलग पहिचान, आइकोनिक डिजाइन, उत्कृष्ट प्रदर्शनकासाथै सुरक्षाले यसलाई सबैको रोजाइको एसयुभी बनाएको कम्पनीको भनाइ छ। हुन्डाईले आफ्नो यस ट्रेण्डलाई निरन्तरता दिन र नयाँ स्तर कायम गर्न एसयुभी सेग्मेन्टमा नयाँ क्रेटा विकसित गरिएको जनाएको छ।
हुन्डाईले नयाँ क्रेटामा विभिन्न विशेषताहरु थप गरेर ल्याएको छ। नयाँ क्रेटा १.५ लिटर पेट्रोल र १.५ लिटर भिजिटी डिजेल इन्जिनमा उपलब्ध रहेको छ। नयाँ क्रेटामा ट्रान्समिसनको अप्सन ६ स्पिड रहेको छ जुन‚ सबै रेञ्जको गाडीहरुमा स्ट्यान्डर्ड रहनेछ। साथै अप्सनल १.५ लिटर डिजेल इन्जिनका लागि टर्क कन्भर्टर र १.५ पेट्रोल मोटरको लागि आइभिटी अटोमेटिक रहेको छ। नयाँ जेनेरेशनको क्रेटा ६ भेरियन्टहरुमा उपलब्ध रहेको छ।
नयाँ क्रेटाको सुरुवाती मूल्य ४८ लाख ९६ हजार छ भने अधिकतम ६५ लाख ९६ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ। नेपाली ग्राहकको लागी हुन्डाई सबैभन्दा बढी रुचाइएको गाडी हुन सफल भएको छ। हुन्डाईले सदैव आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय प्रिमियम उत्पादनहरुका साथै उत्कृष्ट सर्भिसको अनुभव प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।