• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ९, २०८३ Sat, Jul 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

प्रहरीमा पदकको विकृति : सिफारिस ३३ जनाको, पदक ७० लाई

आन्तरिक मूल्यांकनमा ‘उत्कृष्ट’ ठहरिने प्रहरीले पाएनन् पदक
64x64
नारायण अधिकारी सोमबार, असोज ५, २०७७  १७:००
1140x725

काठमाडौं- संविधान दिवसका दिन विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका कर्मचारी, डाक्टर, समाजसेवी, पत्रकार, सुरक्षाकर्मीलगायत ५ सय ९४ जनालाई विभिन्न पदक तथा विभुषणबाट सम्मान गर्ने घोषणा गरियो। पदक पाउनेमध्ये अधिकांशको योगदानमाथि प्रश्न उठेको छ। विभुषणको गरिमामाथि आँच आएको भन्दै आलोचना भइरहेको छ। 

विभुषित हुनेमध्ये ७० जना नेपाल प्रहरीका कर्मचारी छन्। यी ७० मध्ये केहीको पदक प्राप्तीलाई लिएर प्रहरीमै अनेक चर्चा हुन थालेका छन्। पदक पाउनेको नामावली सार्वजनिक भएपछि प्रहरी हेडक्वार्टर नै अचम्मित भएको छ।

हेडक्वार्टर स्रोतका अनुसार पदकका लागि भनेर प्रहरी प्रधान कार्यालयले ३३ जना प्रहरी कर्मचारीको नामावली पठाएको थियो। विभुषण सिफारिस कार्यविधि एवं प्रदान सम्बन्धी मापदण्ड, २०७५ अनुसार नेपाल प्रहरीको तर्फबाट जम्मा २० जनाले मात्रै पदक पाउने व्यवस्था छ। वरिष्ठ उपप्रधानमन्त्री अध्यक्ष रहने विभुषण समितिले तोकेरै ३३ जनाको नामावली प्रहरी हेडक्वार्टरसँग माग गरेको थियो। सोही निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले ३३ जनाको नाम सिफारिस गरेको थियो। 

तर, पदक पाउने नामावलीको सूचीमा भने नेपाल प्रहरीका ७० जनाको नाम छ। सिफारिसको शतप्रतिसतभन्दा बढीले पदक पाए पनि हेडक्वार्टरले सिफारिस गरेका केही प्रहरी कर्मचारीको नाममा भने समतिले टिपेक्स लगाएको पाइएको छ। ‘प्रहरी महानिरीक्षकको सचिवालयका एक जुनियर प्रहरी अधिकृतको नाम हेडक्वार्टरले सिफारिस गरेको थियो। तर ३३ जनाको ठाउँमा ७० जना प्रहरीले पदक पाउँदा पनि उनको नाम भने काटियो,’ स्रोतले नेपाल लाइभसँग भन्यो।

यसले नेपाल प्रहरीमा पदकका लागि कतिसम्म विकृति रहेको छ भन्ने कुरा प्रष्ट पारेको छ।

उपप्रधानमन्त्री अध्यक्ष रहने विभुषण समितिले संख्या तोकेर नाम सिफारिस गर्न भनेर पत्र पठाउने गर्छ। तर, यसरी संख्या तोक्दा सुरुमै आफू निकटकालाई कोटा रिजर्भ गरेर बाँकी रहेको कोटामा मात्रै सिफारिस गर्न भनेर पठाउने गरेको पाइएको छ। सोहीअनुसार उक्त समितिले ३३ जनाको नाम माग गरेको र पछि आफू निकटका बाँकी ३७ जनाको नाम पदकको सूचीमा राखिएको स्रोत बताउँछ।

विभुषण सिफारिस कार्यविधि एवं प्रदान सम्बन्धी मापदण्ड, २०७५ परिच्छेद ५ को (ड) मा सुरक्षा निकायका राष्ट्रसेवकहरु पाउने पदकका संगठन प्रमुखले नै सिफारिस गर्नुपर्ने उल्लेख छ। तर, यो पटक प्रहरीमा संगठन प्रमुखबिनै शक्तिकेन्द्रको सिफारिसमा थप ३७ जनाले पदक पाएका छन्।

यसरी पदक पाउनेहरुमा प्रधानमन्त्री सुरक्षा इकाई बालुवाटारदेखि गृहमन्त्रीका निकटका व्यक्तिसम्म छन्। शक्ति केन्द्र बालुवाटारकै सिफारिसमा सई दिनेश खड्काले जनसेवा श्री (पञ्चम) पदक पाउने भएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

हेडक्वार्टरको सिफारिस बिनै अर्को शक्तिेकन्द्र गृह मन्त्रालयमार्फत् पदक पाउने एसपी हुन् दिनेशराज मैनाली। उनले प्रबल जनसेवा श्री (चतुर्थ) पदक पाएका छन्। मैनालीले गृह मन्त्रालय र प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व जनसम्पर्क सल्लाहकार अच्चत मैनालीको सिफारिमार्फत पदक पाएको स्रोत बताउँछ। पदक पाउने खालको काम भने उनले संगठनमा गरेका छैनन्।

सुरक्षाको हिसाबले चुनौतीपूर्ण क्षेत्र रहेको पर्साको कमान्ड सम्हालेकी एसपी गंगा पन्तको नाम पनि शक्तिकेन्द्रमार्फत् नै सिफारिस भएर पदकको सूचीमा परेको हेडक्वार्टर स्रोत बताउँछ।

पदकको नाममा हुने यस्ता विृकति अहिलेदेखि नभएको पूर्व डिआइजी हेमन्त मल्ल बताँउछन्। उनका अनुसार पदक पाउने प्रावधानबारे प्रष्ट रुपमा उल्लेख नहुनु र बढुवा हुनेबेला अंक जोडिने जस्ता कारणले प्रहरीमा पदकका लागि जस्तोसुकै हथकन्डा अपनाउने विकृति छ।

अझ कतिसम्म भने हरेक वर्ष एउटै व्यक्तिले पदक पाएका उदाहरण नेपाल प्रहरीमा छन्। त्यसैले हरेक वर्ष नेपाल प्रहरीमा पदक विवादित बन्दै आएको छ।

अघिपछि उत्कृष्ट, पदकको बेला 'निकृष्ट'
महानगरीय प्रहरी प्रहरी अपराध महाशाखाको टोलीले १३ वर्षअघि रोहित गुप्ताको अपहरण गरी हत्या गरेको आरोपमा उनका भान्जा राजेशकुमार गुप्तालाई पक्राउ गरेको थियो। प्रहरीका अन्य युनिटले समेत यो घटनालाई सुक्ष्म रुपमा अनुसन्धान गरिरहेका थिए। तर, अपराध महाशाखाले राजेशकुमार गुप्तालाई पक्राउ गर्न सफल भयो।

उक्त हत्याकाण्डका अभियुक्त पक्राउ परेपछि महानगरीय प्रहरी प्रहरी अपराध महाशाखाका एसएसपी दीपक थापाले उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी निरीक्षकसहित चार जनालाई नगदसहित पुरस्कार गरेका थिए। तर, पदकका लागि सिफारिस गर्ने बेलामा एसएसपी थापाले आफैंले पुरस्कृत गरेका ती प्रहरी कर्मचारीलाई बिर्सिए। त्यतिखेर उत्कृष्ट कार्य गरेको भनेर प्रशंसा गरिएका प्रहरी पदक पाउने बेला सम्झिइएनन्। महाशाखामा उत्कृष्ट काम गरेको भन्दै एसएसपी दीपक थापाले चाहिँ सुप्रबल जनसेवा श्री तृतीय प्राप्त गरे।

कामको समयमा उत्कृष्ट पदक पाउने बेला गन्तिमा नआउने यो एउटा उदाहरण मात्रै हो। प्रदेश प्रहरी कार्यालयहरुले आफू मातहतका प्रहरी कार्यालयमध्ये उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई रहेक महिना ‘पुलिस अफ द मन्थ’ घोषणा गर्ने गर्छ। यसको अर्थ उक्त प्रदेशभर रहेका प्रहरी कार्यालयमध्ये ती प्रहरीले उत्कृष्ट काम गरेको भन्ने ठहर्छ। तर, सार्वजनिक भएको ७० जनाको पदकको सूची हेर्ने हो भने उत्कृष्ट भनेर आफ्नै संगठनले पुरस्कृत गरेका प्रहरीहरु भने पदक पाउने बेलामा छुटेका छन्।

एउटै कार्यालयका १६ जना पुरस्कृत, अनुसन्धानमा खटिने हेरेको हेर्‍यै
नेपाल प्रहरीका ७० कर्मचारीलाई विभिन्न विधा (सुप्रबल जनसेवा श्री (तृतीय), प्रबल जनसेवा श्री (चतुर्थ), जनसेवा श्री (पञ्चम), नेपाल प्रभात सुभुषण, नेपाल प्रभात आभुषण, नेपाल प्रभात भुषण) मा पदक दिइएको छ। 

यसरी पदक पाउनेमध्ये नेपाल प्रहरी अस्पतालका मात्रै १६ जना कर्मचारी छन्। जहाँका कार्यालय सहयोगीदेखि प्रहरी नायव महानिरीक्षक (डिआइजी)सम्मले पदक पाए।  

एउटै कार्यालयका १६ जनासम्म कर्मचारीले पदक पाउँदा अपराध अनुसन्धानका लागि भनेर गठन गरिएका प्रहरी युनिटले भने एउटै पदक पाएन। देशभर हुने ठूला प्रकृतिका अपराध, जघन्य अपराध, आर्थिक अपराध, ठूला ठूला बैंकिङ फ्रडको अनुसन्धान गर्ने निकाय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का एकजना कर्मचारीले पनि पदक पाएनन्। सिआइबीका एक जुनियर प्रहरी अधिकृत भन्छन्, ‘कतिपय ठूला घटनाको पर्दाफास हामीले पनि गर्‍यौं। त्यसबेला स्याबासी पनि पाइयो तर पदक भने पहुँच हुनेले मात्र पाए।’

सिआइबी मात्रै होइन, सादा पोशाकमा रहेर अनुसन्धान गर्ने युनिट महानगरीय प्रहरी अपराध महाशाखा, मानव बेचबिखन अनुसन्धान ब्यूरो, साइबर ब्यूरो, लागु औषध नियन्त्रण ब्यूरो जस्ता नेपाल प्रहरको साख जोगाउने युनिटका प्रहरीहरु समेत यो पटक पदकमा छुटाइए। जसकारण जोखिम मोलेर कोभर्ट अपरेसन (भेष बदलेर) गर्ने प्रहरीहरूमा भने निराशा छाएको छ।

विकृति बढेपछि पदक वापतको अंक हटाउने तयारी
प्रहरी नियमावली २०७१ को दफा ३० को उपनियम १ अनुसार बढुवाका लागि पाउने अंक मध्ये कार्यसम्पादन मूल्यांकन वापत ४०, ज्येष्ठताका आधारमा २०, शैक्षिक योग्यताबापत १०, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवका आधारमा ८, तालिम बापत ७.५, चुनौतीपूर्ण तथा विशेष जिम्मेवारीबापत ५, बढुवा समितिले दिने ७.५ तथा विभुषणबापत २ नम्बर दिने व्यवस्था छ। 

बढुवा हुने बेलामा पदक वापतको उक्त २ नम्बर अंक जोडिने भएकाले प्रहरीमा पदक तथा विभुषण लिन अस्वस्थ प्रतिसपर्धा हुने गरेको छ। जसका लागि शक्ति केन्द्रमार्फत् हासिल गर्ने गरेको पाइएको छ। विभुषण नै नपाउँदा कतिपय राम्रा प्रहरी अधिकृत समेत बढुवामा छुट्नेसम्म भएको र अस्वस्थ प्रतिस्पर्धा हुने गरेकाले यसलाई रोक्न प्रहरीको नयाँ ऐनमा उक्त व्यवस्था हटाउन लागिएको हो। 

हाल मन्त्रिपरिषद्‍मा पुगेको उक्त नयाँ ऐनको मस्यौदामा पदक तथा विभुषण वापत पाउने २ अंक हटाइएको छ। उक्त मस्यौदा संसदमा पुगेर दफावार छलफलपछि पास हुन्छ। त्यसपछि राष्ट्रपति प्रमाणित गरेपछि उक्त ऐन लागू हुन्छ। निजामति कर्मचारीमा समेत पदक वापतको अंक बढुवा हुने बेला जोडिने भएपछि विकृति बढेको थियो। पछि पदक वापतको अंक हटाइएको थियो। 

संगठनमा राम्रो काम गर्नेलाई पुरस्कार र दण्ड दुवैको व्यवस्था हुनुपर्ने तर त्यो पारदर्शी हुनुपर्ने एक बाहालवाला डिएसपी बताउँछन्। ‘अंक नै नजोडिने भए पनि पदक पाउनेले किन पायो, कस्तो काम गरेको थियो भन्ने जानकारी अरुले पनि पाउनु पर्छ,’ ती डिएसपीले भने, ‘यसो हुँदा पदक पारदर्शी हुने र पदक पाउन नसक्ने प्रहरी कर्मचारीले म भन्दा पदक पाउनले प्रहरीले उत्कृष्ट काम गरेको रहेछ भन्ने महसुस हुन्छ र काम गर्ने मनोबल खस्कँदैन। नत्र भने अंक नै हटाए पनि यसको पारदर्शीता भएन भने काम गर्ने बनोबल आउँदैन।’

प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ? यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित... मंगलबार, असार ३०, २०८३
विष्णु पौडेलको चौथो पटक म्याद थपियो आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट ५ दिनको म्याद थप गरिएको हो । बुधबार, असार २४, २०८३
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] यस्तै उक्त मुद्दामा ७ जनाले सफाइ पाएका छन् । रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र... मंगलबार, असार २३, २०८३
ताजा समाचारसबै
‘कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ’ : सहसंयोजक नेपाल शनिबार, साउन ९, २०८३
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल शनिबार, साउन ९, २०८३
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० शनिबार, साउन ९, २०८३
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग शनिबार, साउन ९, २०८३
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना शनिबार, साउन ९, २०८३
वरुण बेभरेजमा छापा, ‘सेभेन अप’को उत्पादन र बिक्रीमा रोक शुक्रबार, साउन ८, २०८३
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्