काठमाडौं- हुन्डाईका गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दसैंतिहार योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘यसपालीको दसैंतिहार, वेलकम टु हुन्डाई परिवार’ नामक योजना ल्याएको छ।
यो योजनाको असोज ५ देखि मंसिर ५ सम्म लागू हुनेछ। यो योजना दसैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइएको कम्पनीले जनाएको छ। यस योजनाअन्तर्गत, ग्राहकले आकर्षक नगद छुटका साथै स्क्र्याच कार्ड मार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्नेछन्।
त्यसैगरी बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई आउरा १ थान र हुन्डाई ग्रान्ड आइ टेन नियोस १ थान जित्न सक्नेछन्। त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क बिमा पनि पाउनेछन्। लक्ष्मी इन्टरकन्टिनेन्टलले स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखि उनीहरुको सम्मान स्वरुप ‘विशेष प्याकेज’ दिने जनाएको छ।
कम्पनीले देशभरका १३ सोेरुम, तथा १७ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा दिइरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ।
सबै हुन्डाई गाडीमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्री सर्भिसिङ, र १ वर्ष निःशुल्क सवारी कर भुक्तानीसहित स्वामित्व हस्तान्तरणका साथ उपलब्ध हुन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।