• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पेरिसडाँडामा बल्ल फर्कियो गुलजार 

64x64
वीरेन्द्र ओली आइतबार, असोज ४, २०७७  २१:२७
1140x725

काठमाडौं- पार्टी एकतापछि तत्कालीन नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडाको रौनक हराएको थियो। पार्टी गतिविधि कि तत्कालीन नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीबाट भयो कि प्रधानमन्त्री निवास बालुवाटारमा।

आइतबार बिहान एकाएक गुलजार भयो। कारण थियो, नेकपा सचिवालयको बैठक। पेसिसडाँडाले एकीकृत नेकपा सचिवालयको बैठक राख्ने अवसर पहिलोपटक पाएको थियो। आइतबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सहित सचिवालयका अरु सदस्यहरु निर्धारित समयमै बैठक हलभित्र प्रवेश गरिसकेका थिए। पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली केही समय ढिलो गरी पुगे। प्रधानमन्त्री ओली ११ : २० मा पेरिसडाँडा प्रवेश गर्दा सुरक्षाकर्मी र पार्टी कार्यकर्ताले खचाखच भइसकेको थियो।

सचिवालय बैठक हुने भएपछि सुरक्षाकर्मीले सबैलाई पार्टी कार्यालय बाहिरै रोकेका थिए। ०७५ जेठ ३ गते पार्टी एकता भयो। त्यसयताकै यो पहिलो चहलपहल थियो। पेरिसडाँडामा सचिवालय बाहेकका नेकपा नेता कार्यकर्ता थिए, विशेष गरी पूर्व माओवादी केन्द्री निकट नेताकार्यकर्ताहरुको उपस्थिति बाक्लो थियो। उनीहरु मध्ये केही शीर्ष नेताहरुसँग भेटघाट हुने अपेक्षासहित पुगेका थिए भने केही उक्त कार्यालयसँग रहेको भावनात्मक सम्बन्धका कारण। 

चैतमा लकडाउन भएपछि बन्द भएको पेरिसडाँडाको खाजा पसलसमेत बन्द थियो। तर, आइतबार बिहानैदेखि उक्त पसल र वरिपरिका अरु पसल पनि खुले। 

पेरिसडाँडालाई अपनत्व बनाइराख्न र रौनक कायम गर्न केन्द्रीय कार्यालय धुम्बाराही भएपनि जनवर्गीय संगठनको कार्यालय यहीँ छ। तर, जनवर्गीय संगठनहरुमध्ये कतिमा एकता समेत हुन सकेको छैन भने कतिमा भावनात्मक एकतामा कमी छ। त्यसैले नियमित बैठक हुन सकेका छैनन्। जसले गर्दा पेरिसडाँडा पार्टी एकतापछि सुनसान बनेको थियो।

पार्टी अध्यक्ष ओली र प्रचण्डसहित सचिवालय सदस्यको कार्यकक्ष पेरिसडाँडा र धुम्बाराही दुवैतिर राखिएको छ। तर, अध्यक्ष प्रचण्डसहित पूर्व माओवादी केन्द्रका सचिवालयका सदस्य पेरिसडाँडा बेलामौका झुल्किने गरेका छन्। तर, अध्यक्ष ओली भने पेरिसडाँडामा यो समेत गरी जम्मा दुईपल्ट पुगे। ०७५ जेठ ३ गते एकता भएको दोस्रो दिन ४ गते ओली र प्रचण्डले पेरिसडाँडा पुगेर कार्यालय उद्घाटन गरेका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

आइतबार ओलीले सचिवालय बैठकमा सहभागी हुन पेरिसडाँडा पार्टी कार्यालयमा सहभागिता जनाएका छन्। पेरिसडाँडा नै सचिवालय बैठक किन राखियो भन्ने प्रश्नमा प्रवक्ता नारायणकाजी श्रेष्ठले धुम्बाराही र पेरिसडाँडा दुवै आफ्नै पार्टीको कार्यालय भएकाले त्यस्तो कुनै अर्थ नभएको जिकिर गरे। ‘पार्टी एकता भएपछि पेसिडाँडा र धुम्वाराहीमा पार्टी कार्यालय बनाएका छौँ,’ श्रेष्ठले भने, ‘दुवै आफ्नै पार्टी कार्यालय भएपछि जता अनुकुल हुन्छ त्यतै बैठक बस्छ।’

आइतबार बसेको सचिवालय बैठकलाई धेरै नेता कार्यकर्ताले अर्थपूर्ण रुपमा लिएका छन्। विभाजित हुनबाट जोगिएको पार्टीलाई एकताको सन्देश दिन र नेता कार्यकर्तालाई भावनात्मक रुपमा नजिक बनाउन पेरिसडाँडा राखिएको नेताहरु बताउँछन्।

आइतबार पेरिसडाँडा पुग्नेहरुमा पूर्व माओवादी निकट हाल युवा संघका नेता पुष्प ओली पनि थिए। उनी भन्दै थिए, ‘यसले कार्यकर्तामा पार्टी एकता बलियो भएको सन्देश प्रवाह गरेको छ।’

केही समय शीर्ष नेताहरुमा आएको विभाजनले पार्टी एकता भाँडिने हो कि भन्ने सन्देह नेकपा कार्यकर्तामा थियो। नेताहरुले आफ्ना कार्यकर्तालाई त्यही खालको सन्देश समेत प्रवाह गरिरहेका थिए। तर, कार्यदल बनाएर साझा एजेन्डा तय गर्दै अन्तरसंघर्षलाई टुंग्याइयो। त्यसपछि यहाँ बैठक राखिएको हो। यसले कार्यकर्तामा रहेको सन्देह केही हदसम्म घटाएको पनि युवा संघका नेता ओलीको बुझाइ छ।  

यसरी पुग्यो पेरिसडाँडा बैठक
प्रधानमन्त्री ओलीले पनि यही चलाखी गरेका हुन्। धेरै महिना चलेको अन्तरसंघर्षमा पूर्व माओवादी केन्द्र निकट कार्यकर्ता चिढिएको हुन सक्ने उनले बुझेका थिए। 

नेकपा एकता भएदेखि नै सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको थियो। त्यति मात्रै होइन, यसअघिको स्थायी कमिटी र पहिलो केन्द्रीय कमिटी बैठकसमेत प्रधानमन्त्री निवास बालुवाटारमै बसेको थियो। प्रधानमन्त्रीको निवास बालुवाटारलाई पार्टी कार्यालय बनाएको भन्दै आलोचना पनि चुलिँदै गएको थियो। 

भेटघाटकै बीच गत भदौ ३१ गते अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ सहित महासचिव विष्णु पौडेल सचिवालय बैठकमा पेस हुने एजेन्डाकै विषय छलफल गर्न बालुवाटारमै पुगेका थिए। सोही छलफलमा प्रचण्डले पार्टी बैठक बालुवाटारमा राख्दा निकै आलोचना भएको भन्दै पार्टी कार्यालयमै राख्ने प्रस्ताव गरेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले पार्टी कार्यालयमै बैठक राख्ने भए पेरिसडाँडामै राख्दा उपयुक्त हुने बताएका थिए।  

नेकपा सचिवालय बैठक पेरिसडाँडामा असोज २ गते बस्ने मितिको तय भदौ ३१ गते नै भएको थियो। त्यसै दिनदेखि नै पूर्व माओवादी नेताहरुमा एक प्रकारको खुसीको सञ्चार भएको थियो। तर, प्रधानमन्त्री ओलीले आफू संविधान दिवसको तयारीमा जुट्नु पर्ने भएकाले २ गतेको सचिवालय बैठकमा सहभागी हुन नसक्ने जनाउ दिए। 

पहिलोपटक पेरिसडाँडामा हुन लागेको सचिवालय बैठकमा पहिलो वरीयताका अध्यक्ष एवम् प्रधानमन्त्रीसमेत सहभागी हुन सक्ने भएपछि अन्तमा स्थगित गरिएको थियो। सचिवालय बैठक सोमबार पनि पेरिसडाँडामै बस्नेछ। 

प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  २१:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक रास्वपाको चितवनमा जारी महाधिवेशन अन्तरगत बन्दसत्र सकिएलगत्तै रविले उम्मेदवारी दर्ता गराएका हुन् । रास्वपा महाधिवेशनमा सभापति र केन्द... मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई तत्काल रिहा गर्न एमालेको माग पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो । मंगलबार, असार ९, २०८३
ताजा समाचारसबै
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
रास्वपाको आम्दानी १२ करोड २४ लाख मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई तत्काल रिहा गर्न एमालेको माग मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
विष्णु पौडेल पक्राउप्रति ज्ञवालीको आपत्ति, प्रतिशोध साँधिएको आरोप सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्