काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा कोशी प्रदेश समूहबाट प्रतिस्पर्धा गरेका उम्मेदवारहरूको मतपरिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक परिणामअनुसार निशा मेहताले सबैभन्दा बढी १८६१ मत प्राप्त गरेकी छन् । त्यसपछि विश्वराज पोखरेलले १४६० मत, शोभा कार्कीले १२०४ मत र कल्पना थापाले ९३९ मत प्राप्त गरेका छन् ।
यस्तै सुजाता तामाङले ८३९ मत, लालविक्रम थापाले ७८३ मत, सयमलाल चौधरीले ७५८ मत, प्रकाश पाठकले ७४३ मत, वीरेन्द्र श्रेष्ठले ६३१ मत, राजकुमार राईले ६२४ मत र पारमणि गेलालले ६१३ मत प्राप्त गरेका छन् ।
नवीन खड्काले ५५५ मत, प्रजना राईले ५३९ मत, भूमिनन्द बरालले ५२६ मत, पिताम्बर तिम्सिनाले ४९७ मत, रमेशप्रसाद ओझाले ४८८ मत, ऋतुराज लिम्बुले ४४४ मत र कृष्णबहादुर चोङबाङ लिम्बुले ४०० मत प्राप्त गरेका छन् ।
सिर्जना लामा फोम्बोले ३२४ मत प्राप्त गरेकी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।