काठमाडौं– विशेष अदालतले राहदानी छपाइ अनियमिततामा संलग्न भएको आरोपमा पक्राउ परेका ५ जना आरोपितहरूसँग धरौटी माग गरेको छ ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनीहरूसँग ३ देखि पाँच लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो ।
विशेष अदालतले राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसँग ५ लाख रुपैयाँ, निर्देशक सुनिलकुमार केसीसँग ४ लाख धरौटी माग गरेको छ ।
त्यस्तै अरू कर्मचारीहरू सोमेश थापासँग ३ लाख, विपिन प्रसाईंसँग ३ लाख र जर्मन कम्पनीको नेपाल प्रतिनधि मणीन्द्रराज मल्लसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको हो ।
तुलसीप्रसाद आचार्य र राजाराम दाहाललाई साधारण तारेखमा रिहा गर्न आदेश भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।