काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ।
उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। विशेष अदालतले असार ९ गते उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको थियो।
उनलाई म्याद थपका लागि सोमबार पुनः अदालतमा उपस्थित गराइएको हो।
पौडेललाई थुना म्याद थपका लागि न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा बहसको तयारी भइरहेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि अनुसन्धान गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।