काठमाडौं- दसैंतिहारलगायत चाडपर्वलाई लक्षित गरेर बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले 'खुसी खोज्ने होइन रोज्ने' नारा सहित 'रोजेरै खुसी' योजना ल्याएको छ।
बजाजले ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउदै आइरहेको छ। कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरुमाँझ खुसी बाड्न उनीहरुको आवश्यकता अनुरुपका योजनाहरु ल्याएको थियो। दसैं र तिहारको अवसरमा बजाजले ग्राहकहरुलाई विभिन्न तीनवटा योजनाको लाभ लिन र सुरक्षा सुनिश्चित गर्दै खुसीका साथ उत्सवहरु मनाउने अवसर प्रदान गरेको छ।
रोजेरै खुसी योजनाअन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा तीनवटा अफर १० रूपैयाँको नगद छुट अथवा ५०५ डाउन पेमेन्टमा ५ प्रतिशत ब्याज वा २०५ डाउन पेमेन्टमा फाइनान्सिंगको सुविधा मध्य कुनै एक अफर छनौट गर्न सक्नेछन्। यो योजना देशभरका सबै बजाज सोरुमहरुबाट उपलब्ध हुनेछ।
ग्राहकको आवश्यकताअनुरुप रोमाञ्चक तथा लाभदायी अफर र योजना बजाजले ल्याउँदै आएको कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले बताए। 'हामी ग्राहकहरुको खुसीको कारण हुन पाएकोमा निकै प्रसन्न छौं र यस चाडपर्वमा उनीहरुको उत्सवको हिस्सा बन्नका लागि रोजेरै खुसी उत्तम रहेको छ' योजना सार्वजनिक गर्दै गोल्छाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।