काठमाडौं- नेपालका लागि फोर्डको आधिकारिक बिक्रेता जिओ अटोमोबाइल्स प्रालिले दसैं–तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ। यस समयमा गाडीहरुको बिक्रीमा वृद्धि हुने भएकोले धेरै जसो अटोमोबाइल्स ब्राण्डले यसै समयमा विभिन्न योजनाहरु ल्याउने गरेका छन्। यो वर्ष फोर्ड फेस्टिभ अफरसँगै ग्राहकहरुको सुविधालाई ध्यानमा राखी नगद छुट, आर्थिक वर्षको लागि सडक कर र एक वर्ष निःशुल्क बिमा जस्ता नियमित लाभहरु पनि लिन सक्नेछन्।
गाडीको बुकिङमा नगद छुट, सडक कर र बिमाको नियमित लाभहरु बाहेक ग्राहकले यी योजनाहरुमध्ये एउटा छनौट गर्न सक्दछन्।
यस्ता छन् योजनाः
योजना १ः स्क्र्याच कार्ड - ग्राहकले बक्सबाट ३ वटा स्क्र्याच कार्ड छनौट गरी ४ लाख ५० हजारसम्म जित्ने मौका पाउनेछन्। प्रत्येक स्क्र्याच कार्डमा ग्यारेण्टी शुल्क २५ हजार रहेको र बढीमा यो १ लाख ५० हजार रुपैयाँसम्म हुनेछ। यो अफर अन्तर्गत ग्राहकहरुले विस्तृत बिमा र आधारभूत एसेसोरिज प्राप्त गर्नेछन्।
योजना २ः ६ महिने इएमआइ होलिडे – यस योजनाअन्तर्गत ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकारा हुनेछ। यो योजना माछापुच्छ्रे बैंकमार्फत् उपलब्ध हुनेछ। जिओ फोर्डले ग्राहकको पहिलो ६ महिनाको ब्याजवापतको रकम तिरिदिनेछ। यो यो जनामा ग्राहकहरुले एसेसोरिज र बीमा पनि प्राप्त गर्दछन्।
योजना ३ः स्थगित भुक्तानी – यो योजनाअन्तर्गत ग्राहकले ३० प्रतिशत रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५० प्रतिशतको डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सक्नेछ। बाँकी २० प्रतिशतको लागि ग्राहकलाई ४ महिनाको थप अवधि प्रदान गरिनेछ। यी ४ महिनामा ग्राहकले २० प्रतिशतलाई बराबर भाग लगाई किस्तामा तिर्नुपर्नेछ। बाँकी रकम तिरिसकेपछि, बैंक लोनको लागि प्रस्ताव अगाडि बढाउने छ ताकी ग्राहकले बैंकको किस्ता पहिले व्यहोर्नुपर्ने छैन।
यो योजना फोर्ड फिगो, फोर्ड एस्पाएर, फोर्ड फ्रिस्टाइल र फोर्ड इकोस्पोर्टको भेरियन्टहरुमा उपलब्ध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।