काठमाडौं-सरकारले व्यवसायी शंकरलाल अग्रवाललाई ‘प्रबल जनसेवा श्री (चतुर्थ) पदकले विभुषित गरेको छ। व्यावसायिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै अग्रवाललाई उक्त पदक प्रदान गरिएको हो।
शंकर ग्रुपले गत आर्थिक वर्ष २०७६/७७ मा मात्रै आफ्नो सबै व्यवसायबाट १८ अर्ब रुपैयाँ सरकारलाई राजस्व तिरेको थियो।
यो समूहले माइनिङ, सिमेन्ट, स्टील, सेन्थेटिक, कपडा, एफएमसिजी, बिमा, क्यापिटल मार्केट, रियलस्टेट, होटल लगायतका क्षेत्रमा लगानी गरेको छ भने ट्रेडिङ व्यवसायमा पनि कम्पनीले धेरै ब्राण्डको बस्तु तथा सेवा बिक्री गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।