काठमाडौं–महानगरीय प्रहरी कार्यालयले विभिन्न स्थानमा भएका प्रदर्शनमा प्रहरीद्वारा बल प्रयोगका घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न ३ सदस्यीय समिति गठन गरेको छ।
प्रहरी प्रधान कार्यालयले प्रहरीद्वारा बल प्रयोगका घटनाको छानबिन गर्न निर्देशन दिएपछि महानगरीय प्रहरी कार्यालयले प्रहरी वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। समितिले आवश्यक छानबिन गरिरहेको कार्यालयले जनाएको छ।
यसअघि प्रधान कार्यालयले केही दिनदेखि विभिन्न स्थानमा भएका प्रदर्शनमा केही प्रहरी कर्मचारीद्वारा भएको बल प्रयोगको विषयमा कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।