काठमाडौं–प्रहरी प्रधान कार्यालयले विभिन्न स्थानमा भएका प्रदर्शनमा प्रहरीद्वारा बल प्रयोगका घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिइएको जनाएको छ।
कार्यालयले आज ट्वीट गर्दै केही दिनदेखि विभिन्न स्थानमा भएका प्रदर्शनमा केही प्रहरी कर्मचारीद्वारा भएको बल प्रयोगको विषयमा कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
नागरिक तहबाट व्यक्त विचार, गुनासो तथा सुझावलाई गम्भीरतापूर्वक लिएको उल्ल्ेख गर्दै कार्यालयले घटनाको छानबिन र संलग्न प्रहरी कर्मचारीउपर कसुर अनुसार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीलाई निर्देशन दिइएको जनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।