• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन १७, २०८३ Sun, Aug 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संविधान संशोधनको माग 'कार्ड' मात्रै

64x64
वीरेन्द्र ओली शनिबार, असोज ३, २०७७  १०:००
1140x725
फाइल तस्बिर

काठमाडौं-नेपालको संविधान २०७२ असोज ३ मा घोषणा भयो। लगत्तै मधेसी, जनजातिलगायत समुदायको नेतृत्वकर्ताहरुले असन्तुष्टि जनाए। तत्कालीन मधेसकेन्द्रित दलहरुले त संविधान संशोधनको माग राख्दै लामो समय आन्दोलन नै गरे।

संविधान जारी भएपछि असन्तुष्टि व्यक्त गरेका विभिन्न दलहरुहरु किस्ताबन्दीमा एकीकृत हुँदै अहिले जनता समाजवादी पार्टी भएको छ। विगतमा ती दलहरु सरकारमा जाने र फर्किने गरिसकेका छन्।

मधेसकेन्द्रित दलले संविधान संशोधनको मुद्दालाई सत्ता र शक्तिमा पुग्ने भर्‍याङ मात्रै बनाउन खोजेको भन्दै आलोचना हुने गरेको छ। संविधान संशोधन गर्नेभन्दा अर्को निर्वाचनमा भोट आफ्नो पक्षमा पार्न मधेस केन्द्रित दलले आन्दोलन गर्ने मुड बनाएको राजनीतिक विश्लेषकहरुले आरोप लगाएका छन्।

सरकारले मधेसकेन्द्रित दललाईं सम्बोधन गर्न २९ चैत ०७३ मा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भयो। मधेसकेन्द्रित दलको संविधान संशोधनको मुद्दालाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकै कार्यकालमा ५ भदौ ०७४ मतदान भयो। तर, संशोधनको पक्षमा बहुमत नपुग्दा अस्वीकृत भयो। तैपनि, असन्तुष्ट दलहरु ०७४ सालमा सम्पन्न स्थानीय तहको तेस्रो चरणको चुनाव लगायत त्यसपछिका सबै चुनावमा सहभागी भए।

चुनावपछि तत्कालीन संघीय समाजवादी फोरम सरकारमा गयो। पछि फिर्ता आयो। राजपाले सरकारलाई समर्थन गर्‍यो। अहिले दुवै दल एक भइसकेका छन्। सरकारलाई समर्थन फिर्ता लिइसकेका छन्।

गत वैशाख १० गते राजपा र समाजवादी पार्टी दुवैले एकता गरेपछि जनता समाजवादी पार्टी(जसपा) नयाँ ठाउँमा आइपुगेको छ। सरकारमा सहभागी हुँदा आफू कमजोर हुनुका साथै आफ्ना मुद्दासमेत कमजोर भएको महसुस गरेको जसपाले आन्दोलनको मुड बनाएको छ। त्यहीँ पुरानै मुद्दालाई लिएर जनताको मन जितेर अर्को निर्वाचनको माहोल बनाउने तयारीमा छ। पार्टी एकताका सम्पूर्ण काम पुरागरी जसपाले मधेस आन्दोलन तयारी गर्ने रणनीतिमा छ। तर, कोरोना महामारीले जसपालाई साथ नदिँदा आन्तरिक एकतामै रुमल्लिएको छ।

जसपाले उठाउँदै आएको संविधान संशोधनको कार्ड सत्ता र शक्ति प्राप्त गर्न गरिएको संघर्ष मात्रै भएको राजनीतिक विश्लेषक राजेश अहिराज बताउँछन्। मधेसकेन्द्रित दलले उठाउँदै आएको संविधान संशोधनको मुद्दालाई व्यंग्य गर्दै अहिराजले बच्चाले कम्मरमा बाँध्ने ‘झुनझुना’ घन्टीको संज्ञा दिए। ‘मधेसमा जो बच्चा बोल्न सक्दैन, त्यसको कम्मरमा ‘झुनझुना’ घण्टी बाँधिदिन्छन्। त्यो बच्चा कता गयो? कहाँ गयो भन्ने पनि थाहा होस्’, अहिराजले थप्दै भने, ‘मधेसकेन्द्रित दललाई वर्षको ३६४ दिन संविधान ठीक हुन्छ। बाँकी एक दिन संविधान ठीक नलाग्ने स्वभाव छ।’

संविधान स्वीकार गर्दै निर्वाचनमा जाने गरेको बताउँदै अहिराजले त्यही संविधानको व्यवस्थाको निर्वाचन आयोगबाट सर्टिफाई हुन नमिल्ने तर्क गरे। संविधान गलत भन्नेले त्यहीँ संविधानले उपलब्ध गराएको तलब भक्ता, सेवा सुविधा लिन ठीक नहुने उनको भनाइ छ। संविधान गलत, राज्य पनि गलत,पहाडी नेता पनि गलत, सरकारलाई समर्थन पनि गर्ने विषयलाई कसरी लिने भन्दै अहिराजले प्रतिप्रश्न गरे।

nimb
nimb
Ncell 2
Ncell 2

संविधान संशोधन गर्नुपर्ने भनिए पनि मधेस केन्द्रित दलहरु आफ्नो मुद्दामा गम्भीर नभएको राजनीतिक विश्लेषक चन्द्रकिशोरको पनि भनाइ छ। संविधान परिवर्तित दस्तावेज भएकाले संशोधन गर्न विज्ञहरु सम्मेलित आयोग बनाउनुपर्ने उनले बताए।

सत्तामा उक्लिन र ओर्लिनमै व्यस्त
प्रधानमन्त्री केपी ओली ३ फागुन ०७४ मा प्रधानमन्त्रीको सपथ खाए लगतै २७ फागुनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले संविधान संशोधन गर्ने शर्तसहित सरकारलाई समर्थन गरे। राजपाले सरकारलाई समर्थन मात्रै गरेर बस्यो भने फोरम एक कदम अघि बढ्दै २०७५ जेठमा २ बुँदे सहमतिका साथ सरकारमा सहभागी भयो।

प्रधानमन्त्री केपी ओलीले संविधान संशोधनको कुनै गुन्जायस नदेखाए पनि फोरमले केही समय दबाब दिइरह्यो। संविधान संशोधनलाई नै दबाब दिन फोरमले २२ पुस ०७५मा ११ बुँदे स्मरणपत्र समेत बुझायो।

प्रधानमन्त्री ओलीले ०७६ मंसिर ४ गते समाजवादी पार्टीमा कुनै परामर्श नगरी अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट कानुनमा सरुवा गरे भने स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई बर्खास्त गरे। त्यही विषयलाई लिएर समाजवादी पार्टीमा सरकारबाट बाहिरिनुपर्ने दबाब बढ्दै गयो। पुस ७ गते ०७६ मा यादवले संविधान संशोधन गर्ने सर्त सहित विज्ञ समूह गठन गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरे। त्यो विषयलाई प्रधानमन्त्री ओलीले इन्कार गरेपछि नैतिकताका आधारमा सरकारबाट समाजवादी बाहिरिएको थियो।

अर्कोतिर, सरकारलाई निरन्तर संविधान संशोधन गर्न खबरदारी गरे पनि प्रक्रिया अघि नबढाएको भन्दै राजपाले २२ फागुन ०७५ मा सरकारलाई दिएको समर्थन फिर्ता लियो। उसले रेशम चौधरीको रिहाइको माग राख्दै संविधान संशोधन सहित पाँच बुँदे माग राखी समर्थन फिर्ता लियो।

दुवै पार्टीबीच एकता भएपछि अहिले प्रतिपक्षी भूमिकामा छन्। अबको उनीहरुको रणनीति कस्तो हुने भन्नेचाहिँ प्रष्ट भइसकेको छैन।

के-के छन् संविधान संशोधनका मुद्दाहरु?
जसपाले संविधान संशोधनका मुद्दालाई पहिलो र दोस्रो चरणमा पूरा गर्नेगरी राख्दै आएको छ। पहिलो चरणमा यसअघि मधेस केन्द्रित दलले उठाएका मागलाई संशोधनको रुपमा उठाउँदै आएका छन्। भाषा, नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्वको सवाल र प्रदेशको सीमांकनको विषयलाई उठाएको छ। अहिले भएका सात प्रदेशलाई बढाएर ११ प्रदेशको मागलाई उठाइरहेका छन्।

नेपालमा बोलिने सबै भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने उनीहरुको माग छ। नेपालीबाहेक अरु भाषालाई समेत सरकारी काम काजको भाषाको मान्यता दिनुपर्ने भनिएको छ। नागरिकताको सवाल पनि उनीहरुले उठाइरहेका छन्। खासगरी अंगीकृत नागरिकतालाई समस्याको रुपमा उठाइएको छ। नेपालीले विदेशीसँग विवाह गरेर आफ्नै देशमा ल्याएपछि विदेशको नागरिकता त्यागेको हकमा वंशजको आधारमा नागरिकता पाउनुपर्ने माग छ।

यस्तै राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने क्रममा अहिले प्रदेश र स्थानीय तह उप्रमुख उपप्रमुखले मतदान गरेपछि निर्वाचित हुने व्यवस्था छ। संवैधानिक रुपमा प्रदेशसभामा रहेका सदस्यले मात्रै मतदान गर्ने व्यवस्था हुनुपर्छ भन्ने उनीहरुको माग छ। पहिलो चरणका माग संविधान संशोधन पूरा भए दोस्रो चरणमा आफ्ना माग राख्ने मधेस केन्द्रित दलको रणनीति छ।

यो पनि पढ्नुहोस्

५ विषयमा संविधान संशोधन गर्न बाबुराम भट्टराईको मागशनिबार, असोज ३, २०७७

संविधान दिवसमा मधेसकेन्द्रित दल 'सफ्ट कर्नर' राख्दै
सरकारले ०७२ असोज ३ गते संविधान घोषणा गरेलगत्तै तत्कालीन मधेस केन्द्रित दलहरुले सकेसम्मको बल लगाएर विरोध गरे। सरकारले हर्षोल्लाषपूर्ण रुपमा बेलुका दिपावली गर्ने उद्घोष गर्‍यो। त्यसलाई काउन्टर दिन ती दलले ब्ल्याकआउट गरे।

केपी ओली दोस्रो पटक प्रधानमन्त्री बनेपछि संविधान संशोधन गर्ने सर्तमा दुबै दलले समर्थन गरे। राजपालाई पछि पार्दै फोरम १४ जेठ ०७५ मा दुई बुँदे सहमति गरी सरकारमा गयो। समय बित्दै जाँदा दुई दलले गर्ने विरोधको स्वरुप बदलिँदै गयो। जब फोरम १४ जेठ ०७५ मा सरकारमा गयो। त्यसपछि संविधान दिवसमा विरोध वा समर्थनको कार्यक्रम आयोजना गरेन। राजपाले भने विरोध गरिरहेकै थियो।

यस वर्षको संविधान दिवसमा कोरोना महामारी भएकाले सरकारले समेत औपचारिक कार्यक्रम राखेर मनाउन नसक्ने सार्वजनिक गरिसकेको छ। जसपाले भने विरोधको कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार निकालेको विज्ञप्तिमा भनिएको छ- सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने, विरोध गर्ने र संविधानमा रहेका विभेदकारी एवं त्रुटिपूर्ण प्रावधानहरु परिवर्तनका लागि उक्त दिन अर्थात् असोज ३ गते विभिन्न प्रकारका विरोध कार्यक्रम आयोजना गरी संविधान संशोधनद्वारा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा उक्त दिन शान्तिपूर्ण विरोध कार्यक्रमहरु आयोजना गर्न आम जनसमुदाय एवं सम्पूर्ण पार्टी संगठनलाई आह्वान गरिन्छ।

प्रकाशित मिति: शनिबार, असोज ३, २०७७  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
‘सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैन’: झक्कु सुवेदी शनिवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको नेपालमा ऐन कार्यान्वयन मापन: महत्त्व, अभ्यास, चुनौती र आगामी बाटो सम्बन्धी छलफलमा... शनिबार, साउन १६, २०८३
धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट् सेनालगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी गृहमन्त्री गुरुङले हिन्दु सम्राट् सेना लगायतका आन्दोलनकारी समूहका प्रतिनिधिहरूसँग छलफल अगाडि बढाएको हो । शनिबार, साउन १६, २०८३
कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन शनिबार एक पत्रकार सम्मेलन आयोजना गर्दै डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरिएको जानकारी गराइएको छ । शनिबार, साउन १६, २०८३
ताजा समाचारसबै
पेरुमा पर्यटक चढेको विमान दुर्घटना हुँदा चालक दलसहित १३ जनाको मृत्यु आइतबार, साउन १७, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
ऋणको पीडालाई यथार्थ रूपमा चित्रण गर्ने ‘ऋणै ऋणमा डुबे आमा’ गीत चर्चामा शनिबार, साउन १६, २०८३
दीपमाला ढकाल बनिन् मिस नेपाल वर्ल्ड शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
‘सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैन’: झक्कु सुवेदी शनिबार, साउन १६, २०८३
श्रीलङ्कामा दुई पूर्व अधिकारीलाई मृत्युदण्ड शनिबार, साउन १६, २०८३
धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट् सेनालगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी शनिबार, साउन १६, २०८३
विश्वविख्यात पर्वतारोही निर्मल पुर्जाको निधन भएको पुष्टि शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्