काठमाडौं-पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ५ विषयमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्। शनिबार बिहान ट्विटरमा उनले संविधानका अपूर्णतालाई संशोधनबाट पूर्णता दिनुपर्ने बताएका हुन्।
महिलालाई पुरूष सरह नागरिकताको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। त्यस्तै, पहिचान र सामर्थ्यको आधारमा संघीय पुनर्संरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको व्यवस्था गर्नुपर्ने उनले बताएका छन्।
भ्रष्टाचार रोक्न जनलोकपाल र अदालतको पुनर्संरचना गर्नुपर्ने डा भट्टराईको ट्विटमा उल्लेछ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।