काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज सार्वजनिक गरेको छ। कम्पनीले अल्ट्रोज डिजिटल प्रविधिमार्फत् बिहीबारदेखि नेपाली बजारमा उपलब्ध गराएको हो।
प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा यसै वर्षको शुरुवातमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोजले अत्याधिक चर्चामा छ। सिप्रदी ट्रेडिङले टाटा अल्ट्रोजको सुरुवाती मूल्य २९ लाख ९९ हजार रूपैयाँ तोकेको छ।
साथै सिप्रदीले असोज १ देखि देशभरका सबै डिलरहरुमार्फत् प्रिमियम ह्याचब्याक अल्ट्रोजको बुकिङ पनि खुल्ला गरेको छ।
टाटा अल्ट्रोज अल्फा (एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स) आर्किटेक्चरमा बनेको पहिलो र एकमात्र कार हो।
यसमा स्ट्राइकिङ डिजाइन, वाइड एरे अफ इण्डष्ट्रिज-फस्ट, ग्लोबल एनक्यापमा फाईभ स्टार सेफ्टी रेटिङ, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ डाइनामिक्स र उत्कृष्ट प्रविधि रहेका छन्।
टाटा मोटर्सका प्यासेन्जर भेहिकल इन्टरनेसनल विजनेस हेड सुजन रोयले अटोमोटिभ इण्डष्ट्रिजमा गोल्ड स्ट्यान्डर्ड स्थापित गर्दै प्यासेन्जर कारमा अल्ट्रोजले नयाँ अध्यायको सुरुवात गरेकाे बताए। प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोजले भविष्यमा नयाँ बेन्चमार्क कायम गरी बजार विस्तारमा सहयोग पुर्याउने विश्वास उनले व्यक्त गरे।
त्यस्तै सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले प्रिमियम क्लासमा प्यासेन्जर सेगमेन्टमा अल्ट्रोजले नयाँ जेनेरेसन थप गरी अब अर्को चरणमा प्रवेश गरेकाे बताए। नयाँ मोडलका गाडीहरुले क्लास लिडिङ डिजाइन, सुरक्षित, प्रबिधियुक्त र ड्राइभिङ डाइनामिक्सलाई पुनःपरिभाषित गर्ने उनको भनाइ छ।
यस गाडी विविध किसिमका सुविधा र विशेषताहरुले भरिपूर्ण रहेको कम्पनीको दाबी छ। यसमा जडित १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पिएस पावर र १ सय १३ एनएम टर्क दिन्छ। यसमा रहेको मल्टि ड्राइभ (सिटी र इको) मोडले स्पोर्टी ड्राइभिङ डाइनामिक्स र इन्धन खपतको प्रभावकारितालाई सन्तुलन कायम गर्दछ।
साथै यस सेग्मेन्टमै उत्कृष्ट लेग स्पेस रहेको गाडीको भित्री डिजाइन खुल्ला र फराकिलो रहेको छ। यस ह्याचब्याक टप नच फिट, उत्कृष्ट र उच्च गुणस्तरीय सामाग्रीबाट बनेको टाटा मोटर्सले जनाएको छ। आइडल स्टप/स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, एम्बिन्ट मुड लाइटिङ, ९० डिग्री डोर ओपनिङ, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर र हिडन डोर्स ह्यान्डललगायतका अति उत्कृष्ट विशेषताहरू रहेका छन्। प्यासेन्जरको सुरक्षाका लागि यस कारको सबै भेरिएन्टमा एबिएस, इबिडी, सिएससी र डुवल एअरब्यागहरु रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।