काठमाडौं- साओमी कम्पनीले टिभीका दुई मोडल नेपाली बजारमा ल्याउने भएको छ। दसैको अवसरमा दुईवटा नयाँ उत्पादन-मी टिभी-४ एक्स (५५ इन्च) र मी एलईडी टिभी ४ ए प्रो (४३ इन्च) टिभी सार्वजनिक गर्ने भएको हो। योसंगै साओमीले पहिलो पटक नेपालमा टिभीको नयाँ श्रेणीमा प्रवेश गर्ने भएको छ।
दुवै टिभीहरुका लागि सेप्टेम्बर १९ (असोज ३ गते) बाट प्रि-बुकिंग शुरु हुनेछ। कम्पनीले यी दुवै उत्पादन अफलाइनमा भने क्रमश सेप्टेम्बर २५ र सेप्टेम्बर ३० पछि उपलब्ध हुने जानकारी दिएको छ।
मी टिभी ४ एक्स (५५ इन्च) टिभीमा ४ के १०-बिट एचडीआर डिस्प्ले सुविधा छ। मी एलईडी टिभी ४ ए प्रो ४३ इन्चको १०८० पूर्ण एचडी रिजोलुसनको साथ आउँछ। यसमा १२ बटनको ब्लुटुथ मी रिमोट सुविधा छ र डुअल २० वाट्टको स्टेरियो सेटअप छ जसले डीटीएस—एचडी साउन्ड प्रदान गर्ने कम्पनीले दाबी गरेको छ।
मी टिभी ४एक्स (५५ इन्च) को मूल्य ६४ हजार ९ सय ९९ रपैयाँ रहेको कम्पनीले जनाएको छ। मी एलईडी टिभी ४ ए प्रो (४३ इन्च) को मूल्य ३९ हजार ९ सय ९९ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।