काठमाडौं-नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै आन्दोलनमा उत्रिएका बब्लु गुप्तामाथि भएको कुटपिटको छानबिन सुरु भएको छ।
हन्ड्रेड ग्रुपका अध्यक्षसमेत रहेका गुप्तामाथि बिहीबार माइतीघरमा प्रहरीले नियन्त्रणमा लिएपछि पनि कुटपिट भएको थियो ।
कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालयले उक्त घटनाको छानबिन गरिने बताएको थियो। प्रहरी प्रधान कार्यालयले छानबिन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई आदेश दिइसकेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले घटनाकाे छानबिन गर्न आदेश आइसकेको जानकारी दिए। घटना कसरी हुनपुग्यो? के-के भएको थियो, उक्त घटनामा को-को प्रहरी संलग्न थिए भन्नेबारे छानबिन गरिने परिसरले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।