फाइल तस्बिर
काठमाडौं–नेपाल चिकित्सक संघले भदौ ९ गतेदेखि जुम्लामा १९ औं सत्याग्रहमा बसेका चिकित्सा शिक्षा तथा स्वास्थ्यका अभियन्ता डा गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ।
संघले आज विज्ञप्ति जारी गर्दै गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति सरकारले गम्भीर रुपमा मनन गरी अविलम्ब वार्ताद्वारा जायज माग सम्बोधन गर्न माग गरिएको छ।
विगतमा भएका सम्झौता अक्षरसः कार्यान्वयन भएको भन्दै डा केसीले भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरस्थित बामिरामष्ट मन्दिरमा अनसन थालेका हुन्। तर सत्याग्रहबारे सरकारले हालसम्म चासो नदेखाएको संघले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।