काठमाडौं–जल तथा मौसम विज्ञान विभागले मकवानपुरको मकवानपुरगढीलगायत आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको र थप वर्षा हुने भएकाले मकवानपुरगढी,हेटौंडा र आसपासका नदीतटीय क्षेत्रमा बिहान १० बजेसम्मै सतर्कता अपनाउन आग्रह गरेको छ।
ती क्षेत्रका नदीमा सतर्कता तहको बाढी आउन सक्ने पनि विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर सामान्य बदली रहि प्रदेश ५, गन्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।