काठमाडौं- नबिल बैंकले ‘नबिल बैंकको चार्डपर्व योजना’अन्तर्गत ७.५ प्रतिशतमै घर कर्जा दिने भएको छ। कोभिड-१९ महामारीको प्रभावका कारण धेरै नेपालीहरू आर्थिक कठिनाईमा परिरहेको सन्दर्भमा नबिल बैंकले व्यक्तिगत मुद्दति खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा यो योजना शुरू गरेको छ।
घर कर्जामा ७.५ प्रतिशतमै प्रदान गर्नुका साथै व्यक्तिगत ओभर ड्राफ्टमा ८ प्रतिशत साना तथा मझौला कर्जा दिनेछ। एक करोडसम्मको कर्जामा ७.५ प्रतिशत एक करोड रुपैयाँभन्दा माथिको कर्जा ८ प्रतिशतमै प्रदान गरिने बैंकले उल्लेख गरेको छ। यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन गरिने छैन।
नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर प्रदान गर्ने समेत बैंकले जानकारी दिएको छ।
१३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दति खातामा ग्राहकहरुलाई ९ प्रतिशत ब्याजदर प्रदान गरिनेछ।
बैंकले ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।