काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणको चल तथा अचल सम्पत्तिको मूल्यांकनका लागि ४ कम्पनीले चासो देखाएका छन्। प्राधिकरणले सम्पत्ति मूल्यांकनका लागि माग गरेको आशयपत्रमा ४ वटा कम्पनीको आवेदन दिएको प्राधिकरणले जानकारी दिएको छ।
सम्पत्ति मूल्यांकनका लागि प्राधिकरणमा आशयपत्र पेस गर्नेमा सुभोद एसोसिएट, जिपी राजभाहक, बिके अग्रवाल एन्ड को र एसएआर एसोसिएट छन्।
प्राधिकरणले महालेखा परीक्षक कार्यालयलाई सम्पतिको विवरण बुझाउन सम्पत्तिको मूल्यांकन गर्न लागको हो। प्राधिकरणले यस्तो मूल्यांकन नियमित गर्दै आएको छ।
प्राधिकरणले सार्वजनिक खरिद ऐनअनुसार यी कम्पनीसँग वित्तीय प्रस्ताव माग गरिने र त्यसबाट सबैभन्दा न्यून रकम कबोल गर्ने कम्पनी छनौट हुने जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।