काठमाडौं- ऐतिहासिक धरहरा निर्माण गरिरहेको रमन कन्सट्रक्सनले नेपाल फोटो पत्रकार महासंघलाई २ सय थान प्रेस ज्याकेट सहयोग प्रदान गरेको छ।
पूर्व अर्थमन्त्री रामशरण महतको उपस्थितिमा कन्सट्रक्सनका प्रमुख कार्यकारी अधिकृत रमन महतोले काठमाडौंमा बिहीबार अनौपचारिक कार्यक्रमका बीच महासंघका केन्द्रीय अध्यक्ष ध्रुब आलेलाई ती प्रेस ज्याकेट हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा संक्षिप्त भनाई राख्दै पूर्व अर्थमन्त्री महतले देश विकासमा संचारकर्मीको भूमिका महत्वपूर्ण हुने भएकाले संचार श्रेत्रको व्यावसायिक विकासका लागि सबैको सहयोग अपरिहार्य रहेको बताएका थिए।
धरहरा निर्माणको प्रसंग उठाउँदै उनले आफू अर्थमन्त्री रहँदा धरहरा पुनर्निर्माणका लागि नेपाल दुरसञ्चार संथानको बिल भुत्तानीमा ग्राहकबाट एक प्रतिशत धरहरा निर्माणको लागि रकम जुटाउन सुरु गरेको बताए।
कन्सट्रक्सनका प्रमुख कार्यकारी अधिकृत महतोले फोटोपत्रकारहरुको योगदानको प्रशंसा गर्दै धरहरा निर्माणको प्रसंगमा धरहरा निर्माणको जिम्मा पाउनु आफ्नो पुस्ताकै लागि अवसर भएको बताएका थिए।
महासंघले जिल्ला तथा प्रदेशबाट माग भई आएको विभिन्न परिणामको प्रेस ज्याकेट, मास्क र सेनीटाईजरहरु कार्यक्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई उपलब्ध गराइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।