काठमाडौं- हुन्डाईका कारको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्रान्ड आई-१० नियोस सार्वजनिक गरेको छ। कम्पनीले बिहीबार ग्रान्ड आई-१० का दुई भेरियन्ट सार्वजनिक गरेको हो।
कम्पनीले नियोसको म्याग्ना र स्पोर्टज् भेरियन्ट बजारमा उपलब्ध गराइएको जानकारी दिएको छ। कम्पनीले ग्रान्ड आई-१० नियोस म्याग्नाको मूल्य ३० लाख ९६ हजार र स्पोर्टज् को मूल्य ३३ लाख ९६ हजार रूपैयाँ तोकेको छ।
म्याग्ना भेरियन्ट अटोमेटिक गियरमा पनि उपलब्ध रहेको छ। म्याग्ना अटोमेटिकको मूल्य ३३ लाख ९६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ। ग्रान्ड आई-१० नियोसको एक्सटेरियर स्पोर्टी लुकमा उपलब्ध छ। यसमा रिडिजाइन इन्टर्गेटेड एलइडी डिआरएल, एलइडी फग ल्याम्पजस्ता विशेषता समावेश गरिएको छ।
यो कारमा अलोय ह्विल दिइएको छ भने सार्पर हेडलाइट र न्यु टेलाइट सेटअप दिइएको छ। ग्रान्ड आई-१० को नयाँ संस्करण नियोसमा उपलब्ध १.२ लिटर कप्पा इन्जिनले ८३ बिएच पावर उत्पादन गर्छ। यसको इन्जिनमा ५ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ।
यसको ड्यासबोर्ड दिइएको इन्स्ट्रुमेन्ट कन्सोल, इन्फोटेनमेन्ट सिस्टम, आकर्षक स्टेयरिंग ह्वीलले गाडीलाई प्रिमियम लुक्स महसुस गर्न सकिन्छ।
इन्फोटेनमेन्ट सिस्टममा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट हुने छ भने, सुरक्षालाई मध्यनजर गर्दै एबिएस, इबिडी, डबल एयरब्याग, रियर पार्किङ सेन्सर र रिभर्स क्यामराजस्ता विषेशता उपलब्ध छ।
हुन्डाईको कनेक्टेड कार टेक्नोलोजीको विशेषता यसमा पनि दिइएको छ। कारमा हुन्डाई भेन्यूमा रहेको जस्तै ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।