काठमाडौं- वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको रुपमा सपथ लिएका छन्। उनलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन्।
गौतमलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो। राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनीत गर्ने एक पद गत फागुनदेखि नै रिक्त छ।
गौतम २०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका थिए। त्यसयता नै उनी सांसद बन्ने प्रयत्नमा थिए।
गत फागुन १४ मा सम्पन्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको थियो। सोही निर्णय भदौ १८ मा बसेको सचिवालय बैठकले दोहोर्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।