• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर ५, २०८२ Fri, Nov 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बल्ल सांसद बने वामदेव

64x64
नेपाल लाइभ बिहीबार, असोज १, २०७७  १७:०५
1140x725

काठमाडौं- लामो प्रतीक्षापछि वामदेव गौतम सांसद बनेका छन्। बिहीबार उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनीत गरेसँगै उनको सांसद बन्ने प्रयत्न सफल भएको छ।

गौतम २०७४ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको चुनावमा बर्दिया १ बाट पराजित भएका थिए। सो क्षेत्रमा गौतमले ४४ हजार ७६ ल्याएका थिए। विजयी सञ्जयकुमार गौतमले ४४ हजार ८ सय २९ मत ल्याएका थिए।

त्यसअघि सम्पन्न स्थानीय तहको चुनावमा कम्युनिस्ट मत बलियो देखिएको स्थानमा गौतम पराजित उनले सहज रुपमा लिएनन्। उनी र उनका शुभेच्छुकले अन्तर्घात भएको रुपमा अर्थ्याए। र, पार्टीभित्र छानबिनको आवाज समेत उठाए। सोही अनुसार, दुई वटा छानबिन समिति पनि बन्यो। दुवैले अन्तर्घातलाई सहायक कारण ठहर गर्‍यो।

चुनावी रौनक नसकिँदै गौतमले प्रतिनिधि सभामै पुग्ने प्रयास सुरु गरेका थिए। त्यसका लागि उनले अनेकौं प्रयत्न पनि गरे। कैयौं प्रत्यक्ष निर्वाचित सांसदलाई राजीनामाका लागि फकाए। कसैले राजीनामा दिए, त्यस ठाउँमा उपचुनाव हुने र आफू उम्मेदवार भएर जित्ने उनको धोको थियो।

तत्कालीन एमालेका नेताहरुलाई त गौतमले फकाए नै, एमालेसँग एकता गरिनसकेको माओवादी केन्द्रका सांसदलाई समेत उनले फकाए।

सुरुवातमा उनले झलनाथ खनालसँग प्रस्ताव राखेका थिए। खनाललाई राष्ट्रपतिमा सघाउने र त्यसपछि रिक्त हुन आउने इलामको उनको क्षेत्रमा आफू उठेर सांसद बन्ने प्रस्ताव गौतमको थियो। तर, त्यो कुरा अघि बढेन। उस्तै प्रस्ताव लिएर गौतम माधव नेपालकहाँ पुगे। तर उत्साहित हुने जवाफ पाएनन्। त्यस्तै प्रहरीमै रहँदा कार्य सम्पादन मूल्यांकनमा कीर्ते गरेको विषयमा ललितपुरका सांसद नवराज सिलवाल विवादमा परे। गौतमले त्यहाँ पनि आँखा लगाए। तर, सफल भएनन्। 

गौतमले बर्दिया–२ मा माओवादी केन्द्रका तर्फबाट विजयी सांसद सन्तकुमार चौधरी, पूर्वी रूकुममा माओवादी केन्दबाट विजयी सांसद कमला रोक्का तथा नवलपुर-२ मा एमालेबाट निर्वाचित सांसद तिलक महतलाई फिर्ता बोलाएर आफू प्रतिनिधिसभामा छिर्ने प्रयत्न गरे। त्यस्तै, दैलेख, मुगु, सुर्खेत, धनकुटा, बाँके, बैतडी, कञ्चनपुर, प्युठानका आफ्नो पार्टी र अन्य पार्टीका सांसदलाई प्रस्ताव राखे। तर, कतै सफल भएनन्।

२०७५ असोज मध्येतिर काठमाडौं–७ सांसद रामवीर मानन्धरले गौतमका लागि राजीनामा दिन तयार भए। असोज २३ गते मानन्धरले पत्रकार सम्मेलन नै गरेर गौतम प्रतिनिधिसभामा पुग्नु गौरवको विषय भएको बताए। 'मैले सचिवालय बैठकमा राजीनामाबारे स्वीकृत पत्र दिइसकेको छु। सचिवालय बैठकबाट निर्णय भयो भने म राजीनामा दिन्छु। पार्टीले स्वीकृत गरेपछि आधिकारिक राजीनामा दिन्छु', मानन्धरले भने, 'मेरो तर्फबाटचाहिँ मैले राजीनामा दिएँ।'

Ncell 2
Ncell 2

तर, यो विषयले पार्टीभित्र नै तनावको स्थिति सिर्जना गर्‍यो। नेताहरु नै विभाजित भए। सामाजिक सञ्जालमा पनि तीव्र विरोध भयो। गौतमका लागि बसेको सबैभन्दा सहज वातावरण पनि असफल भयो।

त्यसपछि गौतमको प्रतिनिधिसभा सदस्य बन्ने चर्चा सेलायो।

अघिल्लो वर्ष राष्ट्रियसभाको एक तिहाइ सदस्यको पदावधि सकिनै लाग्दा गौतमको राष्ट्रियसभा सदस्य बन्ने चर्चा सुरु भयो। यद्यपि, उनको धोको प्रधानमन्त्री बन्ने रहेको तर राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न नपाउने संवैधानिक प्रावधान भएकाले उनले यसप्रति खासै रुची देखाएजस्तो गरेनन्।

राष्ट्रियसभाको एक तिहाइ सदस्यका लागि हुँदै गरेको निर्वाचनमा उनलाई उम्मेद्‌वार बन्न सचिवालयको बैठकमा प्रस्ताव गरिएको थियो। तर, प्रधानमन्त्री हुन नपाइने भएकाले उनले रुची देखाएनन्। बरु, संविधान संशोधन गरेर प्रधानमन्त्री बन्न पाउने व्यवस्था भए मात्रै आफू सो सभामा जाने उनले बताए।

अग्नि सापकोटालाई सभामुख बनाउने प्रयासमा गत पुस २३ गते गौतम निवासमा बहुमत सचिवालय सदस्यको भेला बस्यो। त्यहाँ अन्य सहमतिको अतिरिक्त संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्ने र गौतमलाई सो सभामा लैजाने सहमति पनि गर्‍यो। जसको असर फागुन ९ को सचिवालय बैठकमा देखियो। सो बैठकले संविधान संशोधनको गृहकार्य गर्न कार्यदल बनायो।

कार्यदल गठनको विषयलाई मन नपराएका ओली पक्षले गोप्य भनिएको कार्यदललाई सार्वजनिक गरिदिए। फलस्वरुप फागुन १४ गतेको बैठकले कार्यदललाई खारेज गरिदियो। तर, गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय पनि गर्‍यो। सो निर्णयलाई ओलीले मन पराएका थिएनन्। बैठक सकिएको केही बेरमै उनले माधव नेपाललाई फोन  गरेर सचिवालयको निर्णय आफूले नमान्ने र राष्ट्रियसभामा युवराज खतिवडालाई नै निरन्तरता दिने बताए। तर उनले पार्टीबाट सहमति लिन सकेनन्।

६ महिनासम्म थाति रहेको  विषय त्यतिबेला उठ्यो, जतिबेला ओली पार्टीभित्र अत्यन्तै प्रतिकूल अवस्थाको सामना गरिरहेका थिए। उनी पार्टीको निर्णय मान्नुपर्ने बाध्य हुनुपर्ने अवस्थामा आइपुग्दै गर्दा युवराज खतिवडाको संसद सदस्य नभए पनि मन्त्री बन्न पाउने सुविधाको अवधि पार हुनै आँटेको थियो।

यस्तै, अवस्थामा गत भदौ १८ गते बसेको सचिवालय बैठकमा पार्टीको पुरानै निर्णय अनुसार आफूले राष्ट्रिय सभा सदस्यमा गौतमलाई नै मनोनित गर्ने मनस्थिति बनाएको बताए। यसरी गौतमको धोकोले एक पाइला अघि सर्ने अवसर पायो।

भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गर्‍यो। सोही अनुसार गरिएको सिफारिसलाई राष्ट्रपतिले अनुमोदन गर्दै गौतमलाई राष्ट्रिय सभामा मनोनीत गरेकी हुन्।

गौतमको चाहना प्रधानमन्त्री बन्ने थियो। त्यसको लागि उनले पार्टीभित्र संविधान संशोधन गराउने बहस पनि प्रवेश गराएका हुन्। तर असफल भए। पछिल्ला दिनमा उनले मन्त्री बन्ने इच्छा देखाएका छन्। अनेक प्रयत्नले सांसद बन्न सफल भएका गौतमको मन्त्री बन्ने प्रयन्त सफल होला वा नहोला, त्यो प्रतीक्षाकै विषय हो।

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल २ : सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा
आज विश्व टेलिभिजन दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
आज यी तीन प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा वर्षासहित हिमपातको सम्भावना
सम्बन्धित सामग्री
सरकारको विरोधमा अनेरास्ववियुले निकाल्यो मसाल जुलुस, तस्बिरहरू वर्तमान अन्तरिम सरकारको विरोध गर्दै बिहीबार मसाल जुलुस निकालिएको हो। बिहीबार, मंसिर ४, २०८२
अवरोधको सामना प्रतिरोधमार्फत गरिन्छ : महेश बस्नेत बिहीबार काठमाडौँमा स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्वारा आयोजित अन्तर क्याम्पसस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा ब... बिहीबार, मंसिर ४, २०८२
भारतका प्रधान न्यायाधीशको शपथमा नेपालका प्रधान न्यायाधीश सहभागी हुने भूषण रामकृष्ण गवाईको अवकाशपछि नवनियुक्त प्रधानन्यायाधीश सूर्यकान्त शर्माको शपथ ग्रहण समारोहमा भाग लिन टोली शनिबार भारतको नयाँ दिल्ली... बिहीबार, मंसिर ४, २०८२
ताजा समाचारसबै
एनपीएल २ : सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा शुक्रबार, मंसिर ५, २०८२
आज विश्व टेलिभिजन दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै शुक्रबार, मंसिर ५, २०८२
आज यी तीन प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा वर्षासहित हिमपातको सम्भावना शुक्रबार, मंसिर ५, २०८२
सरकारको विरोधमा अनेरास्ववियुले निकाल्यो मसाल जुलुस, तस्बिरहरू बिहीबार, मंसिर ४, २०८२
बन्चरेडाँडा ल्यान्डफिल साइटकाे अवरोध हट्याे, जुट्यो सहमति बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सिमरा अपडेट : जेनजी प्रदर्शनकारी र प्रहरीबीच झडप, फेरि कर्फ्यू आदेश जारी बिहीबार, मंसिर ४, २०८२
बन्चरेडाँडा ल्यान्डफिल साइटकाे अवरोध हट्याे, जुट्यो सहमति बिहीबार, मंसिर ४, २०८२
नक्कली बिल बनाएर भ्रष्टाचार, कार्यालय प्रमुखसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, मंसिर ४, २०८२
अवरोधको सामना प्रतिरोधमार्फत गरिन्छ : महेश बस्नेत बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्