कुश्मा– नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीले निम्नवर्गीय र पीडित जनतालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवाका बाढि पीडित परिवारलाई राहत हस्तान्तरणपछि नेता जोशीले भने, ‘संकट र सन्त्रासका बेला नै हो, केन्द्रदेखि स्थानीय तहसम्मका सरकारहरुको परीक्षा हुने।’
जेठ २८ गते स्थानीइ ठाडोखोलामा आएको बाढि बस्तीमा पस्दा नविन विककी ३ वर्षिय छोरी निकिताको मृत्यु भएको थियो भने नविन सहित उनकी श्रीमती घाइते भएका थिए। विकको घर बस्नै नमिल्ने गरि क्षतीग्रस्त भएको छ। पीडित परिवारसँगको भेटघाटमा नेता जोशीले पर्वत कांग्रेसका तर्फबाट ३० हजार रुपैयाँ राहात रकम हस्तान्तरण गरेका थिए।
राहात हस्तान्तरण गर्दै काँग्रेस केन्द्रिय सदस्य जोशीले बाढिबाट छोरी गुमाएका र सम्पत्ती नोक्सान भएका विक परिवारलाई आवश्यक आर्थिक सहयोग र पुनर्स्थापनाका लागि राज्यको ध्यानाकर्षण समेत गराए। भने,‘पीडित परिवारलाई थप सहयोग होस्, हामीले पनि हाम्रो तर्फबाट थप पहल गर्नेछौं।’
क्षतीग्रस्त स्थानको अवलोकन तथा सहयोग हस्तान्तरण कार्यक्रममा महासमिति सदस्य तथा नेपाली काँग्रेस सञ्चार तथा प्रचारप्रसार विभागका केन्द्रिय सदस्य राधाकुमारी कुँवर क्षेत्री, महासमिति सदस्य तथा नेपाली काँग्रेस संगठन विभागका केन्द्रिय सदस्य गंगाधर तिवारी र महाधिबेशन प्रतिनिधी जीतबहादुर सुनार शेरबहादुर लगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।